Mon. May 20th, 2024

युक्रेनको पक्षमा लड्न करिब ३ हजार जना अमेरिकीले स्वयंसेवा गर्ने

काठमाण्डौं, २०७८ फागुन २२ गते आईतबार । रुसी आक्रमणविरुद्ध लड्न युक्रेनले विदेशी स्वयंसेवकहरूलाई आह्वान गरे लगत्तै करिब ३ हजार जना अमेरिकीले जवाफ दिएको वाशिङ्टन डीसीस्थित युक्रेनी दूतावासका प्रतिनिधिले भ्वाइस अफ अमेरिका समाचार संस्थालाई बताएका छन् ।

पश्चिमा राष्ट्रहरूले युक्रेनमा लड्नका लागि सेना पठाएका छैनन्। तर, लडाइँमा सहयोग गर्न युक्रेनलाई हतियार पठाउँदै आएका छन्। उनीहरूले रुस र रुसी नेताहरूविरुद्ध आर्थिक प्रतिबन्धहरू समेत लगाएका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अन्य वरिष्ठ युक्रेनी अधिकारीहरूले युद्ध लड्नका लागि सहयोग पुर्‍याउन विदेशी स्वयंसेवकहरूको “अन्तर्राष्ट्रिय सेना” गठन गर्न आह्वान गर्नुभएको छ ।

केही दिन अघि, जेलेन्स्कीले लगभग १६ हजार विदेशीहरूले युक्रेनलाई लडाइँमा मद्दत गर्न स्वयंसेवा गरेको अनुमान गर्नुभएको थियो । एजेन्सी

Facebook Comments