Fri. May 17th, 2024

पेट्रोलियम पदार्थको मूल्य बढेसंगै आन्तरिक हवाई उडानको भाडा बढ्यो

काठमाण्डौं, २०७८ फागुन २१ गते शनिबार । आन्तरिक हवाई उडानको भाडा बढेको छ । नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको भाउ बढाएपछि उडान कम्पनीहरुले पनि भाडा बढाएका छन् ।

भोलिदेखि लागु हुनेगरी इन्धन शुल्क बढेको र भाडामा पनि वृद्धि भएको यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । सबैभन्दा धेरै विराटनगर-नेपालगञ्ज रुटको भाडा ५ सय ४० रुपैयाँले बढेको छ । यस्तै, काठमाण्डौ-धनगढीको भाडा ४ सय ४५ रुपैयाँ बढेको छ । यस्तै काठमाण्डौ-भद्रपुरको तीन सय, काठमाण्डौ-सुर्खेतको तीन सय ४५ र  काठमाण्डौ-नेपालगञ्जको ३ सय ३० रुपैयाँ भाडा बढेको छ ।

उज्यालो अनलाईनका अनुसार नेपाल आयल निगमले १ सय १२ रुपैयाँ ९२ पैसामा खरिद गरेको आन्तरिक हवाई इन्धनमा २३ रुपैयाँ ८ पैसा नाफा राखेर एअरलाइन्सहरुलाई बेच्दै आएको छ । एअरलाइन्स कम्पनीहरुले निगमले कम नाफा राखेर इन्धन उपलब्ध गराउन माग गर्दै आएका छन् ।

 

Facebook Comments