Mon. Jul 27th, 2026

रुससँग लड्नका लागि ६६ हजार भन्दा धेरै युक्रेनी स्वदेश फर्किए : रक्षामन्त्री

       

काठमाण्डौं, २०७८ फागुन २१ गते शनिबार । आफ्नो देशका लागि लड्न भनेर ६६,२२४ जना युक्रेनीहरू स्वदेश फर्केको युक्रेनका रक्षामन्त्रीले दाबी गर्नुभएको छ ।

रुसी हमलापछि धेरैजसो चर्चा युक्रेनको सेना रुसको भन्दा तुलनात्मक रूपमा थोरै भएकामा केन्द्रित देखिन्छ। विदेशबाट फर्कने निर्णय गर्नेमध्ये एक ५६ वर्षीय फुटबल प्रशिक्षक समेत छन्।

युरी भर्निडबले मल्डोभाको एउटा क्लबलाई गत वर्षको च्याम्पिअन्स लीगमा रिअल मड्रिडविरुद्ध अचम्मलाग्दो जित दिलाउनु भएको थियो ।

उहाँले आफ्ना छोराले रुसले हमला गरेको बताएकै बेला स्वदेश फर्कने निर्णय लिएको बताउनु भयो । बीबीसी

 

 

Facebook Comments