Fri. Dec 6th, 2024

चीनमा तेह्रौँ राष्ट्रिय जन काङ्ग्रेसको पाँचौँ सम्मेलन सुरु, प्रधानमन्त्री ली खछ्याङद्वारा कार्यप्रतिवेदन प्रस्तुत

- फोटो फिचर सहित

काठमाण्डौं, २०७८ फागुन २१ गते शनिबार । चीनको सर्वोच्च विधायिकी अंग चिनियाँ राष्ट्रिय जनकंग्रेसको तेह्रौँ राष्ट्रिय  सम्मेलनको पाँचौं वार्षिक वैठक आज (मार्च ५ तारिख) बिहानदेखि चीनको राजधानी पैचिङस्थित जनबृहत् सभाभवनमा सुरु भएको छ।

प्रधानमन्त्री ली खछ्याङ

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ लगायत चिनियाँ कम्युनिष्ट पार्टी र राज्यका नेताहरू उद्घाटन समारोहमा सहभागी हुनुभएको छ। सम्मेलनमा प्रधानमन्त्री ली खछ्याङले सरकारी कार्य प्रतिवेदन प्रस्तुत गर्नुभएको छ।

प्रधानमन्त्री लीका अनुसार सन् २०२१ मा चीनको कूल गार्हस्थ उत्पादन जीडीपी ११४० खर्ब युआन पुगेको छ, जसबाट ८.१ प्रतिशत वृद्धि भएको छ। राष्ट्रिय वित्तीय राजश्व २०० खर्ब युआनभन्दा बढ़ी पुगेर १०.७ प्रतिशतले बढेको छ। सहर र बस्ती क्षेत्रमा १ करोड २६ लाख ९० हजार नयाँ रोजगारी थपिएको छ। सर्वेक्षणमा बेरोजगारी दर औसत ५.१ प्रतिशत छ। उपभोक्ता मूल्य ०.९प्रतिशतले बढेको छ। भुक्तानी सन्तुलन मूलतः सन्तुलित भएको छ।

प्रधानमन्त्री लीका अनुसार, यस वर्षका मुख्य अपेक्षित विकास लक्ष्यहरू: जीडीपी करिब ५.५ प्रतिशत वृद्धि; ११ लाखभन्दा बढी नयाँ सहरी रोजगारी थपेर सहरी बेरोजगारी दर वर्षभरिमा ५.५ प्रतिशतमा नियन्त्रित हुने; उपभोग्य मूल्य लगभग ३ प्रतिशत वृद्धि हुने; बासिन्दाको आय वृद्धि र आर्थिक वृद्धि आधारभूत समक्रमण हुने; आयात र निर्यात स्थिरताका साथ गुणस्तरको सुधार गर्ने। भुक्तानी सन्तुलन मूलतः सन्तुलित हुने; अन्नपातको उत्पादन ६ खर्ब ५० अर्ब केजीभन्दा बढी क़ायम राख्ने; पर्यावरणीय गुणस्तर निरन्तर सुधार गर्ने र प्रमुख प्रदूषकहरूको निर्वहन निरन्तर घट्ने; “१४औं पञ्चवर्षीय योजना”को अवधिमा ऊर्जा खपतको लक्ष्यको जाँच गर्ने र नयाँ थपिएको नवीकरणीय ऊर्जा र कच्चा पदार्थ ऊर्जाको खपत कुल ऊर्जा खपत नियन्त्रणमा समावेश गरिने छैन।

सरकारी कार्य प्रतिवेदनमा सन् २०२२ मा विदेशी लगानीको सकारात्मक प्रयोग गर्ने क्रममा खुला तथा ठूलो चिनियाँ बजारबाट चीनमा विश्वका विभिन्न मुलुकका उद्यमहरूको लागि बढी मौका प्रदान गरिने कुरा औंल्याइएको छ। विदेशी लगानीको परिधिको विस्तार गर्न प्रोत्साहन गर्दै मझौला र उच्च स्तरिय उत्पादन, अनुसन्धान तथा विकास एवम् आधुनिक सेवा क्षेत्र एवम् चीनको मध्य, पश्चिमी र उत्तर पूर्वी भागमा विदेशी लगानी थप्न समर्थन दिने कुरा पनि सो कार्य प्रतिवेदनमा उल्लेख गरिएको छ। स्वतन्त्र व्यापार परिक्षात्मक क्षेत्र, हाइनान स्वतन्त्र व्यापार बन्दरगाहको निर्माण,विकास क्षेत्रको सुधार तथा नवीकरणको प्रवर्द्धन गरिने कुरा पनि प्रतिवेदनमा जनाइएको छ।

विश्वका विभिन्न मुलुकसँगै हितयुक्त सहयोग गर्दै जीत जीतको इच्छा चीनले लिएको पनि सो प्रतिवेदनमा जोड दिइएको छ। यसैगरी महिला तथा बालबालिकाको अपहरण र ओसारपसारका अपराधमा कडा कार्वाही गर्दै महिला तथा बालबालिकाको वैधानिक हक अधिकारको दृढतापूर्वक संरक्षण गर्ने कुरा पनि चिनियाँ सरकारी कार्य प्रतिवेदनमा औंल्याइएको छ।

शान्ति र सन्तुष्टिमा जनताको बसाइ र सामाजिक स्थायित्व तथा अनुशासनको प्रवर्द्धन गर्नुपर्ने कुरा सरकारी कार्य प्रतिवेदनमा उल्लेख छ। ‘ग्रास-रूट’ सामाजिक सुशासनलाई नवीन र सुधार गर्दै ग्रास-रूट सुशासन क्षमतालाई बढाउनुपर्छ। सबै तहका सरकार र तिनका कर्मचारीहरूले जनताको सुरक्षालाई सधैं ध्यानमा राखेर जनताको जीवनयापनका सरोकारहरूलाई समयमै प्रतिक्रिया दिनुपर्ने कुरा पनि सरकारी कार्य प्रतिवेदनमा उल्लेख गरिएको छ।

यसैबीच सरकारी कार्य प्रतिवेदनमा चीनले बैकिङ स्थिरताको प्रत्याभूति कोषको स्थापना गर्ने जनाइएको छ। चीन सरकारको कार्य प्रतिवेदनमा “थाइवान स्वतन्त्रता”को पृथकता बारेको कर्तुतको कडा विरोध गरिने र बाह्य शक्तिको हस्तक्षेपको कडा विरोध गरिने कुरा उल्लेख गरिएको छ।

सरकारको कार्य प्रतिवेदनअनुसार, थाइवान (Tiwan) सम्बन्धी कार्यको नीतिको पालना गरिने, नयाँ युगमा थाइवान कार्यको समाधान गर्ने रणनीतिको पालना गरिने, एक चीनको नीतिको पालना गरिने छ। सीएमजी

फोटो : सिन्ह्वा न्यूज

Facebook Comments