१२ लाख मानिसले युक्रेन छोडेको राष्ट्रसङ्घको भनाई
काठमाण्डौं, २०७८ फागुन २१ गते शनिबार । रुसी आक्रमणका कारण करिब १२ लाख मानिसले युक्रेन छोडेको संयुक्त राष्ट्रसङ्घको शरणार्थी सम्बन्धी उच्च निकायको तथ्याङ्क छ। पलायन हुनेको आधाभन्दा बढी सङ्ख्या छिमेकी मुलुक पोल्यान्डमा पुगेको छ।
बिहीवार, ३ मार्चसम्म उपलब्ध पछिल्लो तथ्याङ्क अनुसार करिब ६५०,००० मानिस पोल्यान्ड पुगेका हुन्। त्यस्तै १५०,००० हङ्गेरी र बाँकी अन्य युरोपेली राष्ट्रहरूमा पुगेका छन्।। छिमेकी मल्डोभा, स्लोभाकिया र रुमेनियामा बाँकी ठूलो सङ्ख्यामा शरणार्थीहरू रहेका छन्।
यूएनएचसीआरका अनुसार “बाँकी धेरै देश भित्र र बाहिर हिँडिरहेका छन्।”
“उनीहरूलाई सुरक्षा र सहयोगको खाँचो छ। अवस्थाबारे थाहा हुँदै जाँदा, अनुमानित ४० लाख मानिसले युक्रेन छोड्न सक्छन्।”
आक्रमण अघि युक्रेनको कुल जनसङ्ख्या करिब चार करोड ४० लाख थियो। बीबीसी