Mon. May 20th, 2024

चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको पाँचौं पूर्ण बैठक आज दिउँसो आयोजना हुने

काठमाण्डौं, २०७८ फागुन २० गते शुक्रबार । तेह्रौं चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको पाँचौं पूर्ण बैठक ४ तारिख दिउँसो (आज) ३ बजे चीनको राजधानी पैचिंगस्थित जनबृहत सभाभवनमा आयोजना हुने भएको छ । सो जानकारी सम्मेलनका प्रेस प्रवक्ता को वेइमिनले ३ तारिख आयोजित पत्रकार सम्मेलनमा दिनुभएको हो।

मार्च ४ देखि १० तारिखसम्म चल्ने सो सम्मेलनको मुख्य एजेन्डाहरुमा चिनियाँँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको स्थायी समितिबाट प्रस्तुत कार्य प्रतिवेदन तथा प्रस्तावको सुनुवाइ तथा लेखाजोखा गर्नु, सम्मेलनको पूर्ण बैठकमा सहभागी हुनु, सरकारी कार्य प्रतिवेदन तथा अन्य प्रतिवेदनको सुनुवाइ तथा छलफल गर्नु र सम्बद्ध राजनैतिक निर्णय(प्रस्ताव तथा प्रतिवेदनको लेखाजोखा गर्नु रहेका छन् ।

सीआरआईका अनुसार सम्मेलनको अवधिमा उद्धाटन समारोह, समापन समारोह, २ पटक गरी सदस्यहरूको सम्बोधन र ५ वटा दलीय बैठक हुने योजना तय भएको छ। उद्धाटन र समापन समारोहमा चीनका लागि विदेशी दूतहरूले पनि भाग लिनुहुने छ।

Facebook Comments