Fri. May 10th, 2024

पोखरा थन्डर्सः मुख्य प्रशिक्षक नविन न्यौपाने, सुजल श्रेष्ठ मार्की खेलाडी

काठमाण्डौं, २०७८ फागुन १९ गते बिहीबार । नेपाल सुपर लिग (एनएसएल) को दोश्रो संस्करणका लागि पोखरा थन्डर्सले नविन न्यौपानेलाई मुख्य प्रशिक्षको जिम्मेवारी दिदाँ सुजल श्रेष्ठलाई मार्की खेलाडी घोषित गरेको छ ।

पोखराले बिहीबार सामाजिक संजालमार्फत न्यौपानेलाई टोलीको मुख्य प्रशिक्ष र सुजललाई मार्की खेलाडी नियुक्त गरिएको जनाएको हो । पहिलो संस्करणको लिगमा पनि पोखराको मुख्य प्रशिक्षको जिम्मेवारी न्यौपानेले नै सम्हाल्नु भएको थियो । अधिललो सिजन पनि पोखराको मार्की खेलाडी नियुक्त गरिएपनि सुजलले चोटका कारण लिग गुमाउनु भएको थियो ।

संस्करणामा सात टोलीको सहभागिता रहे पनि आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्टले यस सिजन प्रतियोगितामा तीन टोली थप्दै सहभागी टोलीको संख्या १० पुर्याएको छ ।

विराटनगर सिटी, एफसी चितवन, काठमाडौं रेजर्स, ललितपुर सिटी एफस, पोखरा थण्डर्स, धनगढी एफसी, बुटवल लुम्बिनी र थप गरिएका स्पोर्टिङ इलाम मेची, झापा एफसी र विरगंंज युनाइटेड गरि १० टिमको सहभागिता रहने छ ।

प्रतियोगिताको दोस्रो संस्करणका लागि शुक्रबार अक्सन हुँदैछ । आयोजकले अक्सनका लागि छानिएका २ सय ४२ खेलाडीको सुची सार्वजनिक गरेको थियो । प्रतियोगिताको पहिलो संस्करण काठमाडौं रेजर्सले जितेको थियो ।

Facebook Comments