Mon. May 20th, 2024

रुसी राष्ट्रपति पुटिनको गृहनगरमा व्यापक गिरफ्तारीबीच युद्धविरोधी प्रदर्शन

काठमाण्डौं, २०७८ फागुन १९ गते बिहीबार । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको गृहनगर सेन्ट पिटर्सबर्गमा ठूलो धरपकडबीच युक्रेनमाथि अतिक्रमणको विरोधमा फेरि सुरु भएको छ।

अघिल्ला दिनहरूमा जस्तै प्रदर्शनकारीहरूले ठूलो सङ्ख्यामा प्रहरी उपस्थितिको सामना गरेका छन्। दङ्गाविरोधी अधिकारीहरूले हिंसात्मक ढङ्गले प्रदर्शनकारीलाई तितरबितर पारेका छन् भने कैयौँलाई पक्राउ गरेका छन्। पछिल्ला केही दिनयता सयौँ प्रदर्शनकारीलाई पक्राउ गरिएको छ।

जेलमा रहेका पुटिनका आलोचक एलेक्सी नभाल्नीले अतिक्रमणविरुद्ध दैनिक प्रदर्शन गर्न आह्वान गरेपछि प्रदर्शनहरू सुरु भएका हुन्। बीबीसी

Facebook Comments