Thu. Dec 5th, 2024

युक्रेनका राष्ट्रपति जेलेन्स्कीद्वारा आफ्नो देशलाई तत्काल ईयूको सदस्यता दिन माग

काठमाण्डौं, २०७८ फागुन १६ गते सोमबार । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली सङ्घ ईयूलाई तत्काल आफ्नो देशलाई सदस्यता दिन आग्रह गर्नुभएको छ ।

“हाम्रो लक्ष्य सबै युरोपेलीसँग सँगै हुनु हो। अनि अझ मत्त्वपूर्ण कुरा त समान अवसर हुने अवस्थामा हुनु हो। म ढुक्क छु यो उचित कुरा हो। म ढुक्क छु यो सम्भव छ,” उहाँले भन्नुभयो।

एउटा भिडिओ सन्देशमा जेलेन्स्कीले रुसी सेनालाई हतियार बिसाउन पनि आग्रह गर्नुभएको छ । “आफ्ना उपकरण परित्याग गर। यहाँबाट बाहिर जाऊ। आफ्ना नाइकेलाई विश्वास नगर। आफ्ना प्रचारकलाई विश्वास नगर,” उहाँले भन्नुभयो।

जेलेन्स्कीले देशको प्रतिरक्षा गर्न कारागारमा रहेका कैदीहरूलाई पनि मुक्त गरिने बताउनु भयो । “हामीले नैतिक रूपमा अलि कठिन एउटा निर्णय गरेका छौं । तर आफ्नो प्रतिरक्षा गर्ने दृष्टिकोणबाट यो उपयोगी छ,” उहाँले भन्नुभयो। बीबीसी

Facebook Comments