Wed. Dec 25th, 2024

रुसमाथि पश्चिमी देशहरुको प्रतिबन्धको व्यापक असर

- रुबलको मूल्यमा करिब ३० प्रतिशतले गिरावट

काठमाण्डौं, २०७८ फागुन १६ गते सोमबार । युक्रेनमाथि आक्रमण गरेलगत्तै पश्चिमी देशहरूले रुसविरुद्ध लगाएका कडा प्रतिबन्धहरूको असर देखिन थालेको छ।

अमेरिकी डलरको तुलनामा रुसी मुद्रा रुबलको मूल्यमा करिब ३० प्रतिशतले गिरावट आएको छ। युरोको मूल्यमा एक प्रतिशतले गिरावट आएको छ भने तेलको मूल्यमा पनि वृद्धि भएको छ।

बीबीसीका अनुसार रुसमा एटीएमबाहिर मानिसहरूको ठूल्ठूला लाइन देखिएका छन्। नगद झिक्न सरकारले सीमा तोक्न सक्ने मानिसहरूमा डर छ। युरोपमा रुसी स्वामित्वका ब्याङ्कहरूले काम गर्न बन्द गरिसकेका छन्।

रुसको केन्द्रीय ब्याङ्कमाथि लगाइएको प्रतिबन्धका कारण करिब ६ सय ३० अर्ब डलर विदेशी मुद्रा सञ्चितिलाई उसले प्रयोग गर्न पाउँदैन।

Facebook Comments