Mon. May 20th, 2024

‘अमेरिकाद्वारा मानवअधिकार उल्लंघन प्रतिवेदन २०२१’- चीनबाट प्रकाशित

काठमाण्डौं, २०७८ फागुन १६ गते सोमबार । चीनको राष्ट्रिय प्रेस कार्यालयले फेब्रुअरी २८ तारिख ‘मानवअधिकारको अमेरिकाद्वारा उल्लंघन प्रतिवेदन २०२१’ प्रकाशित गर्दै अमेरिकाले मानवअधिकारको उल्लंघन गरेको अवस्थाबारे जानकारी दिएको छ।

१५ हजार अक्षर भएको सो प्रतिवेदनका ६ वटा भाग छनः महामारी रोकथाम र नियन्त्रणलाई हेरफेरबाट ठूलो मूल्य तिरेको; हिंसात्मक सोच विचार राख्दै ज्यानको सुरक्षालाई धम्की दिइएको; झूटो लोकतन्त्र भन्ने खेल खेल्दै राजनीतिक अधिकारहरूको उल्लंघन गरिएको; जन-जातिमाथि भेदभावको वास्ता नगरी सामाजिक अन्यायलाई बढाइएको; मानवतावाद विपरीत आप्रवासन संकटको सिर्जना गरिएको र सशस्त्र शक्तिको दुरूपयोग गर्दै अन्य मुलुकको मानवअधिकारको उल्लंघन गरिएको।

सन् २०२१मा नराम्रा काम भएको अमेरिकी मानवअधिकार अवस्था चर्कँदै गएको छ साथै अमेरिकाले गरेको एकपक्षीय गतिविधिबाट विश्वव्यापी नयाँ मानवीय प्रकोप सिर्जना गरिएको कुरा सो प्रतिवेदनमा पुष्टि गरिएको छ। सीएमजी

Facebook Comments