Mon. May 20th, 2024

रुसी फौजद्वारा युक्रेनमाथि सबै दिशाबाट हमला

काठमाण्डौं, २०७८ फागुन १६ गते सोमबार । रुसी फौजले लगभग सबै दिशाबाट हमला गरिरहेको युक्रेनी सेनाले जनाएको छ। लडाइँबारे पछिल्लो विवरण दिँदै युक्रेनी सशस्त्र फौजका प्रमुखले आफ्नो सेनाका लागि आइतवार “कठिन समय” भएको फेजबुक पेजमा लेख्नु भएको छ ।

उहाँका अनुसार रुसी फौजले “लगभग सबै दिशाबाट हमला जारी राखेको” छ। रुसी सेनाले आक्रमण गरे पनि खार्किभ युक्रेनी फौजकै नियन्त्रणमा रहेको त्यहाँका गभर्नरले बताउनु भएको छ । बिहीवार रुसले अतिक्रमण गरेयता उसका ४,३०० सुरक्षाकर्मी मारिएको युक्रेनले दाबी गरेको छ। यद्यपि यसको पुष्टि हुन सकेको छैन।

प्राप्त समाचार अनुसार युरोपेली सङ्घ ईयूले रुसी अतिक्रमणसँगै युक्रेनलाई अस्त्रहरू पठाउने अभूतपूर्ण कदम चालिरहेको छ। ईयूले रुसी विमानहरूलाई आफ्नो हवाई क्षेत्र भएर उड्नमा र रुसी सरकारी सञ्चारमाध्यममाथि पनि प्रतिबन्ध लगाउँदैछ। ईयूका सदस्य राष्ट्रहरूले युक्रेनी शरणार्थीहरूलाई लिने क्रममा नियमित नियमहरूलाई पन्छाउने भएका छन्।

युक्रेनमा रुसी अतिक्रमणलाई लिएर ईयूले आवश्यक कदमहरू चालिरहँदा सदस्य देशका आन्तरिक मामिला मन्त्रीहरूले सो सम्बन्धी प्रस्तावमा सहमति जनाएका हुन्।

रुसले बिहीवार सैन्य कारबाही थालेयता युक्रेनबाट तीन लाख नागरिक भागेर आएको ईयूले जनाएको छ। त्यो सङ्ख्या बिस्तारै दशौँ लाख पुग्नसक्ने ईयूको अनुमान रहेको छ। बीबीसी

Facebook Comments