Thu. Apr 30th, 2026

प्रतिनिधि सभाको बैठक १५ गतेसम्मका लागि स्थगित

       

काठमाण्डौं, २०७८ फागुन १३ गते शुक्रबार । प्रतिनिधिसभाको आजको बैठक पनि सूचना टाँस गरेर स्थगित भएको छ । बैठक फागुन १५ गते आइतबारसम्मका लागि स्थगित भएको हो ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले संसद् बैठक आइतबार दिउँसो १ बजे सम्मका लागि स्थगित भएको जानकारी दिनुभयो ।

अमेरिकी मेलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे छलफल गर्नका लागि शुक्रबार दिउँसो १ बजे संसद् बोलाइएको थियो ।

 

Facebook Comments

सम्बन्धित समाचार