Mon. May 20th, 2024

नेकपा (एकीकृत समाजवादी)को जनसंगठनले शुक्रबार एमसीसीबारे खुला बहस गर्ने

काठमाण्डौं, २०७८ फागुन १२ गते बिहीबार । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को जनसंगठनले शुक्रबार एमसीसीबारे खुला बहस कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ ।

एकीकृत समाजवादी पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले शुक्रबार एमसीसीबारे बहस गर्न लागिएको बताउनु भयो । कार्यक्रममा सबैलाई खुला आमन्त्रण गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रज्ञा भवन कमलादीमा हुने कार्यक्रमलाई विज्ञ र विशिष्ट व्यक्तित्वहरुले सम्बोधन गर्ने तय भएको छ । एकीकृत समाजवादीले एमसीसी पास गर्न नसघाउने निर्णय गरेको छ ।

Facebook Comments