Sun. May 19th, 2024

देश नबेच तिमी

- पवित्रा दाहाल

काठमाण्डौं, २०७८ फागुन १२ गते बिहीबार ।

-पवित्रा दाहाल

मन बेच तिमी, तन बेच तिमी
तर देश र भेष नबेच तिमी
गर भोज तिमी, कर खोज तिमी
जनको श्रम खान नखोज तिमी ।।

पद बेच तिमी, दल बेच तिमी
अभिमान छ, देश नबेच तिमी
कद रोज तिमी, मद रोज तिमी
अबला तन लुट्न नखोज तिमी ।।

जल बेच तिमी, बल बेच तिमी
सबको प्रिय देश नबेच तिमी ।
कति खोज्नु छ खोज न खोज तिमी
मतदान र साथ नखोज तिमी ।।

रति बेच तिमी, मति बेच तिमी
तर देश र धर्म नबेच तिमी ।
कति बेच्नु छ बेच न बेच तिमी
जनता अनि देश नबेच तिमी ।।
(तोटक छन्द)

Facebook Comments