Mon. Dec 23rd, 2024

प्रधानमन्त्री देउवा र एमालेअध्यक्ष ओलीबीच भेटवार्ता सम्पन्न, एमसीसी अनुमोदनबारे छलफल

काठमाण्डौं, २०७८ फागुन १० गते मंगलबार । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास वालुवटारमा भेटवार्ता सम्पन्न भएको छ ।

भेटमा प्रतिनिधिसभामा प्रस्तुत मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदनका विषयमा छलफल भएको बताइएकाे छ ।

भेटमा ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी हुनुहुन्थ्यो । लामो तिक्ततालाई पन्छाउदै साँझ साढे ६ बजे ओली बालुवाटार पुग्नु भएको थियो ।

Facebook Comments