Fri. Dec 6th, 2024

एमसीसीको विरुद्धमा काठमाडौंको नयाँ बानेश्वरमा विरोध प्रदर्शन सुरु

काठमाण्डौं, २०७८ फागुन ८ गते आईतबार । अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्नुपर्ने माग राख्दै काठमाडौंको नयाँ बानेश्वरमा विरोध प्रदर्शन सुरु भएको छ ।

सत्ता गठबन्धनका दलहरुबीच भख्खरै एमसीसी संसद बैठकमा टेबल गर्न दिने सहमति भएसँगै विरोध प्रदर्शन थप तिब्र हुन थालेको हो । बानेश्वरस्थित हाम्रा सम्बाददाता एमुना कार्कीका अनुसार नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, ऋषी कट्टेल नेतृत्वको नेकपा, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल सहित २ मोर्चाका कार्यकर्ताहरु यत्तिवेला विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनकारीहरुले एमसीसी सम्झौता चाहिँदैन देश बेच्न पाईदैन, सीआईएका दलाल होसियार, एमसीसी सम्झौता खारेज गर लगायतका नाराहरु लगाईरहेका छन् । विरोध प्रदर्शनलाई मध्यनजर गर्दै सरकारले संघीय संसद भवन, माईतीघर मण्डला र नयाँबानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा गरेको छ ।

Facebook Comments