Tue. May 21st, 2024

युक्रेनको सीमाक्षेत्रबाट केही फौज फिर्ता गरेको रुसको दाबी, युक्रेनमाथिको हमला अझै सम्भव रहेको बाइडनको भनाई

फाईल फोटो

काठमाण्डौं, २०७८ फागुन ४ गते बुधबार । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रुसी हमलाको सम्भावना “अझै उच्च रहेको” भन्दै त्यसो भएमा निकै ठूलो मानवीय मूल्य चुकाउनुपर्ने बताउनु भएको छ ।

टेलिभिजनमा प्रसारित सम्बोधनमा उहाँले त्यस्तो अवस्थाका लागि जवाफ दिन अमेरिका दृढतापूर्वक तयार रहेको बताउनु भएको छ । बाइडनले अहिले पनि युक्रेनतर्फको सीमामा रुसले डेढ लाखजति सैनिक तैनाथ गरेको बताउनु भएको छ ।

मस्कोले भने आफ्ना केही सैनिकहरू फर्कन थालेको घोषणा गरेको छ। बाइडनले युक्रेनको सीमाबाट रुसी फौज फिर्तीको खबरलाई अमेरिकाले अझै पुष्टि नगरेको बताउनु भयो। बीबीसी 

Facebook Comments