Sat. May 4th, 2024

हिउँदे ओलम्पिक खेलकुदको मुख्य मिडिया केन्द्रद्वारा आठौँ नियमित पत्रकार सम्मेलन

काठमाण्डौं, २०७८ फागुन १ गते आईतबार । पैचिङ हिउँदे ओलम्पिक खेलकुदको मुख्य मिडिया केन्द्रले फेब्रुअरी १२ तारिख आठौं नियमित पत्रकार सम्मेलनको आयोजना गरेको छ। जसमा “खेलाडीलाई हेरचाह, सेवा” र अन्य विषयबारे सोधिएको प्रश्नको जवाफ दिईएको छ।

पत्रकार सम्मेलनमा ओलम्पिक गाउँका जिम्मेवार अधिकारी शन छ्यानफानले हिउँदे ओलम्पिक गाउँ सबै खेलाडीको परिवार भएको जानकारी दिनुभयो। उहाँका अनुसार ओलम्पिक गाउँले खानपान, बसोबास, किनमेललगायतका क्षेत्रमा सकेसम्म खेलाडीको माग पूरा गर्नेछ।

खानपान क्षेत्रमा हिउँदे ओलम्पिक गाउँमा विश्व, एशियाली, चिनियाँ र हलाल लगायत १२ प्रकारका खाना तयार छन्। त्यसबाहेक हिउँदे ओलम्पिक गाउँले बृहत बाह्य रोगी क्लिनिक, फिजियोथेरापी पुनर्वास, उपचारलगायत १८ वटा विभाग तयार गरेर खेलाडीलाई तुरुन्तै चिकित्सा र मनोवैज्ञानिक सेवा दिनेछ।

पैचिङ हिउँदे ओलम्पिक खेलकुद समितिका प्रवक्ता चाउ वैतुङले खेलाडीहरूको निरन्तर उत्थानको भावनाबाट अझै अग्लो, छिटै, बलियो र एकिकृत ओलम्पिक भावना देखाइएको कुरा बताउनुभएको छ। चीनले एकआपसलाई बुझ्ने, सम्मान गर्ने र मैत्रिपूर्ण भावनाको विकास गर्ने प्रस्ताव पनि गरेको छ। चीनले प्रतिस्पर्धास्थलमा प्रयास गर्ने सबै खेलाडीलाई प्रोत्साहन गर्ने इच्छा समेत राखेको सीआरआईले समाचार लेखेको छ ।

Facebook Comments