Wed. Dec 25th, 2024

एकीकृत समाजवादीले एमसीसीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने

काठमाण्डौं, २०७८ माघ २७ गते बिहीबार । पूर्व प्रधानमन्त्री माधव कुमार नेतृत्वको सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले एमसीसीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ। एकीकृत समाजवादीले फागुन १ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो।

एकीकृत समाजवादी सम्बद्ध मोर्चा संगठनको बैठकले एमसीसी सम्झौताविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको मोर्चा संगठन प्रमुख डा। विजय पौडेलले बताए। फागुन १ गते दिउँसो २ बजे ७७ वटै जिल्लामा एकैपटक प्रदर्शन गरिने उहाँले जानकारी दिनुभएको छ ।

प्रदर्शनको तयारीमा जुट्न जनवर्गीय संगठनलाई बैठकले निर्देशन दिएको छ। फागुन २ गते बस्ने संसद बैठकमा सरकारले एमसीसी प्रस्ताव पास गर्ने तयारी गरिरहेको समयमा सत्ता साझेदार दल एकीकृत समाजवादीको उक्त धारणा आएको हो।

एमसीसी विरुद्ध चर्को रुपमा बढिरहेको जनआक्रोसले पार्टीको भविष्यमाथि नै प्रश्न चिन्ह लाग्ने भएपछि नेकपा एकीकृत समाजवादीलाई दवाव बढेको हो । सत्ताको अर्को ठूलो गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रलाई पनि एमसीसीको विरुद्धमा लाग्न जनदवाव बढिरहेको छ ।

Facebook Comments