क्यानडामा ट्रक चालकहरूको प्रदर्शनपछि राजधानी ओटावामा सङ्कटकाल घोषणा
काठमाण्डौं, २०७८ माघ २४ गते सोमबार । क्यानडाको राजधानी ओटावाका मेयरले एक साताभन्दा बढी समयदेखि कोभिड प्रतिबन्धविरूद्ध ट्रक चालकहरूले गरेको प्रदर्शन जारी रहँदा त्यहाँ आपत्काल घोषणा गर्नुभएको छ ।
ओटावाका मेयर जीम वाट्सनले “सहर पूर्णरूपमा नियन्त्रणबाहिर गएको” बताउनु भएको छ । ‘फ्रिडम कन्भोई’ भनिएको प्रदर्शन ट्रक ड्राइभरहरूलाई कोभिड खोप अनिवार्य पार्ने सरकारी नियमसँगै सुरु भएको थियो।
क्यानडाको रेडिओ सीएफआएसँग बोल्दै मेयर वाट्सनले प्रदर्शनकारीहरूले बढ्दो रूपमा “असंवेदनशील व्यवहार” गरेको बताउनु भयो।
प्रदर्शनकारीहरूले तारम्तार हर्न र साइरन बजाउने र पटाका पड्काउने काम गरेर त्यसलाई ुपार्टीजस्तो गरेकोु आरोप लगाउनु भयो।
उहाँले आफूहरू प्रदर्शनकारीभन्दा कम भइरहँदा “लडाई हारिरहेको” बताउनु भयो। बीबीसी