Fri. Apr 17th, 2026

सोमबार र मंगलबार थप २३ लाख ४० हजार डोज मोडर्ना खोप आउँदै

HEALTH-CORONAVIRUS/VACCINES-MODERNA

       

काठमाण्डौं, २०७८ माघ १७ गते सोमबार । कोरोना भाइरसविरद्धको मोडर्ना खोप २३ लाख ४० हजार मात्रा सोमबार र मंगलबार नेपाल ल्याइँदैछ। कोभ्याक्स सुविधामार्फत विश्व बैंकको ऋण सहुलियतमासो खोप सोमबार र मंगलबार नेपाल ल्याउन लागिएको व्यवस्थापन महाशाखाका सुरेन्द्र चौरासियाले जानकारी दिनुभयो ।

सरकारले कोभ्याक्स मार्फत विश्व बैंकको ऋण सहायतामा ४० लाख मोडर्ना खोप ल्याउने भनेको थियो। त्यसमध्ये १६ लाख ६० हजार मात्रा खोप यसअघि नै आइसकेको छ। यो खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने चौरासियाले बताउनुभयो ।

सरकारले कोरोना भाइरस विरुद्धको खोप कार्यक्रमलाई निरन्तरता दिन थप खोपहरु पनि ल्याउदैछ। कोभ्याक्स सुविधा मार्फत नै थप ६२ लाख मात्रा खोप अनुदानमा ल्याउने प्रक्रिया पनि अघि बढीसकेको छ। यस्तै ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि खोप लगाउन फाइजर खोप ८४ लाख मात्रा खरिद गर्ने सरकारको तयारी छ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read