Mon. Dec 9th, 2024

चिनियाँ राज्य परिषदको वसन्त चाडको सामुहिक समारोहलाई राष्ट्राध्यक्ष सी चिनफिङद्वारा सम्बोधन

काठमाण्डौं, २०७८ माघ १७ गते सोमबार । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति र राज्य परिषद्ले जनवरी ३० तारिख बिहान जन बृहद सभा भवनमा सन् २०२२ वसन्त चाडको सामुहिक समारोहको आयोजना गरेका छन्।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले सो समारोहलाई सम्बोधन गर्दै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति र राज्य परिषद्को तर्फबाट देशका विभिन्न जातिका जनता, हङकङ विशेष प्रशासनिक क्षेत्र, मकाउ विशेष प्रशासनिक क्षेत्रका देशबन्धु, थाइवानका देशबन्धु र विदेशमा रहेका चिनियाँ प्रवासी र चिनियाँ मूलका विदेशीहरूलाई वसन्त चाडको शुभकामना ज्ञापन गर्नुभएको छ।

सो समारोहमा ली ख छ्याङ, ली चान शु, वाङ याङ, वाङ हु निङ, चाउ ल ची, हान चङ, वाङ छी शान लगायत पार्टी र देशका नेताहरू सहभागी हुनुभएको थियो। प्रधानमन्त्री ली ख छ्याङले समारोहको अध्यक्षता गर्नुभएको थियो।

Facebook Comments