Fri. May 17th, 2024

२४ लाख डोज खोपको तथ्यांक नभेटिएको विवरण खोज्न समिति गठन

काठमाण्डौं, २०७८ माघ १६ गते आईतबार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ विरुद्धको २४ लाख डोज खोपको तथ्यांक नभेटिएको विवरण खोज्नका लागि समिति गठन गरेको छ ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गर्नुभएको मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्रले जानकारी दिनुभयो ।

छानबिन समितिमा डा. लोहनीसहित प्रमुख जनस्वास्थ्य प्रशासक यशोदा अर्याल, उपसचिव अनिल थापा, उपस्वास्थ्य प्रशासक डा. अभियान गौतम र सदस्य सचिवमा वरिष्ठ स्वास्थ्य प्रशासक डा. गुणनिधि शर्मा रहनुभएको छ ।

२४ लाख डोज खोप हराएको विषयलाई लिएर विपक्षी र जनस्तरबाट आवाज उठ्दै आएको छ । नेपाल टेलिभिजन

Facebook Comments