Fri. May 8th, 2026

स्थानीय तहको निर्वाचन जेठ मसान्तभित्र गर्न सरकारलाई सुझाव

       

काठमाण्डौं, २०७८ माघ १५ गते शनिबार । उच्च स्तरीय राजनैतिक संयन्त्रको आज बसेको बैठकले आगामी जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा बसेको उच्च स्तरीय राजनैतिक संयन्त्रको बैठकले निर्वाचनका लागि कानून संशोधन गर्नुपर्ने भए त्यस प्रक्रिया समेत अगाडि बढाउन सुझाव दिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

सत्ता साझेदार राजनैतिक दलका नेताहरू सम्मिलित उच्चस्तरीय संयन्त्रको बैठकमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि सहभागी हुनुभएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार