Thu. May 16th, 2024

आगामी पाँच वर्षमा चीनद्वारा अन्तरिक्ष सम्बन्धमा थप अध्ययन गरिने

काठमाण्डौं, २०७८ माघ १४ गते शुक्रबार । जनवरी २८ तारिख चीनको राज्य परिषदको प्रेस कार्यालयले सन् २०२१ चीनको एयरोस्पेस शीर्षक श्वेतपत्र सार्वजनिक गरेको छ। आगामी पाँच वर्षमा चीनले अन्तरिक्षको विभिन्न क्षेत्रको सम्भावित अन्वेषण र आधारभूत अनुसन्धान गरी अरू धेरै मौलिक वैज्ञानिक उपलब्धि हासिल गर्ने श्वेतपत्रमा उल्लेख छ।

श्वेतपत्रका अनुसार, आगामी पाँच वर्षमा चीनले थेनकुङ अन्तरिक्ष स्टेशन, छाङहो डिटेक्टरहरू, थेनवन नं १ डिटेक्टरलगायत अन्तरिक्ष परीक्षण मञ्चमार्फत् अन्तरिक्षमा जीवविज्ञान, जीवन, चिकित्सालगायतको परीक्षण र अनुसन्धान गरी आधारभूत विज्ञानबारे मानवजातिको बुझाइलाई अरू बढाइने छ।

Facebook Comments