Sat. Sep 21st, 2024

राष्ट्रिय सभा निर्वाचन : गण्डकी प्रदेशबाट सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित

काठमाण्डौं, २०७८ माघ १२ गते बुधबार । आज सम्पन्न राष्ट्रिय सभा निर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा तीन पदका लागि ६ जना उम्मेदवारहरुको प्रतिस्पर्धा रहेको थियो । एमालेबाट महिलामा लीला थनेत, खुलामा पुण्य पौडेल र दलितमा अर्जुनकुमार सुनाम उम्मेदवार हुनुहुन्थ्यो ।

राष्ट्रिय सभा निर्वाचनका लागि दुई जना मतदाता अनुपस्थित भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । राप्रपाबाट निर्वाचित बागलुङका उपमेयर सुरेन्द्र खड्का र एमाले बाट निर्वाचित मुस्ताङको लो घेकर दामोदर कुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट मतदानमा अनुपस्थित भएको निर्वाचन कार्यालयले जनाएको छ ।

Facebook Comments