Sat. Mar 15th, 2025 09:37:01

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङद्वारा अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमस बाहसँग भेट

काठमाण्डौं, २०७८ माघ ११ गते मंगलबार । चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले जनवरी २५ तारिख त्याउ यु थाई राष्ट्रिय अतिथि होटेलमा अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमस बाहसँग भेट गर्नुभएको छ। राष्ट्राध्यक्ष सीले चीनको परम्परागत पात्रो अनुसार सानो नयाँ वर्ष रहेको भन्दै थोमसलाई पनि नयाँ वर्ष मनाउन स्वागत गर्नुभयो। चीनले पैचिङ हिउँदे ओलम्पिक खेलकुदको आयोजना गर्ने कुराले चिनियाँ जनताको समर्थन मात्र नभई अन्तर्राष्ट्रिय समाजको समर्थन पनि पाएको राष्ट्राध्यक्ष सीले उल्लेख गर्नुभयो।

यसै बीच थोमस बाहले चिनियाँ भाषामार्फत चिनियाँ जनतालाई नयाँ वर्षको शुभकामना दिँदै पैचिङ हिउँदे ओलम्पिक खेलकुदको विभिन्न तयारी कार्य निकै उत्कृष्ट र प्रशंसनीय रहेको प्रकट गर्नुभएको छ। सीएमजी

Facebook Comments