Sat. Mar 15th, 2025 10:30:51

तत्काल स्थानीय तहको निर्वाचनको मिति तोक्न निर्वाचन आयोगको आग्रह

काठमाण्डौं, २०७८ माघ ११ गते मंगलबार । स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न सरकारलाई निर्वाचन आयोगले आग्रह गरेको छ। आज आयोगले एक विज्ञप्ति प्रकाशित गर्दै यस्तो आग्रह गरेको हो। २०७४ वैशाख ३१ गते पहिलो, असार १४ गते दोस्रो र असोज २ गते तेस्रो चरणमा सम्पन्न भएकाले जनप्रतिनिधिको पदावधि सकिन लागेको भन्दै आयोगले यस्तो आग्रह गरेको हो।

आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था अनुसार स्थानीय तहका सबै निर्वाचित पदाधिकारीको कार्यकाल २०७९ जेठ ५ गते समाप्त हुने भन्दै यस्तो आग्रह गर्नुभएको हो।

विज्ञप्तिमा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को व्यवस्था बमोजिम स्थानीय तहको कार्यकाल समाप्त हुनु अगावै स्थानीय तहको निर्वाचन गर्न आग्रह गरिएको छ। सरकारलाई निर्वाचनको सम्बन्धमा संवैधानिक तथा कानुनी व्यवस्थाबारे जानकारी गराइएको विज्ञप्तिमा उल्लेख छ।

Facebook Comments