Tue. Jul 14th, 2026

हिउँदे ओलम्पिकका लागि पैचिङ-चाङ च्याखौ तीव्र गति रेलसेवा सुरू

       

काठमाण्डौं, २०७८ माघ ७ गते शुक्रबार । हिउँदे ओलम्पिकका लागि पैचिङ-चाङ च्याखौ तीव्र गति रेल २१ तारिखदेखि सुरू भएको छ। हिउँदे ओलम्पिक खेलकुदको अवसरमा रेलले  प्रतिदिन ३४ पटक आवतजावत सञ्चालन गर्नेछ।

पैचिङ-चाङ च्याखौ तीव्रगति रेल लाइनमा छिङ ह, यान छिङ, ताइचछङ र छोङली लगायत चार रेल स्टेशनले पनि ५५ दिने विशेष व्यवस्थापन सुरू गरेका छन्। रेलमा पनि बन्द लूप कार र गैर- बन्द लूप कार विभाजित भएका छन्। खेलकुदको अवधिमा बन्द लूप व्यवस्थापन गरिने मान्छेहरू र सामान्य यात्री बीच सम्पर्क हुने छैन।

ओलम्पिक रेलमा सबै सेवक तथा सेविकाहरूले महामारीको रोकथाम तथा नियन्त्रण, सेवा शिष्टाचार, विदेशी भाषा, सांकेतिक भाषा आदि तालिम  लिएका छन्। सीएमजी

Facebook Comments

सम्बन्धित समाचार