Fri. May 10th, 2024

हिउँदे ओलम्पिकका लागि पैचिङ-चाङ च्याखौ तीव्र गति रेलसेवा सुरू

काठमाण्डौं, २०७८ माघ ७ गते शुक्रबार । हिउँदे ओलम्पिकका लागि पैचिङ-चाङ च्याखौ तीव्र गति रेल २१ तारिखदेखि सुरू भएको छ। हिउँदे ओलम्पिक खेलकुदको अवसरमा रेलले  प्रतिदिन ३४ पटक आवतजावत सञ्चालन गर्नेछ।

पैचिङ-चाङ च्याखौ तीव्रगति रेल लाइनमा छिङ ह, यान छिङ, ताइचछङ र छोङली लगायत चार रेल स्टेशनले पनि ५५ दिने विशेष व्यवस्थापन सुरू गरेका छन्। रेलमा पनि बन्द लूप कार र गैर- बन्द लूप कार विभाजित भएका छन्। खेलकुदको अवधिमा बन्द लूप व्यवस्थापन गरिने मान्छेहरू र सामान्य यात्री बीच सम्पर्क हुने छैन।

ओलम्पिक रेलमा सबै सेवक तथा सेविकाहरूले महामारीको रोकथाम तथा नियन्त्रण, सेवा शिष्टाचार, विदेशी भाषा, सांकेतिक भाषा आदि तालिम  लिएका छन्। सीएमजी

Facebook Comments