Thu. May 2nd, 2024

सन्दर्भ / MCC

- प्रतिमा पोख्रेल (नयाँ सृष्टि)

काठमाण्डौं, २०७८ माघ १ गते शनिबार ।

-प्रतिमा पोख्रेल (नयाँ सृष्टि)

पेट्भरी हलाहल बिष र
जिब्रोमा अमृत बोकेर
कूटनीति तबरले भित्रिन खोजिरहेको छ
ब्वाँसो रुपि अमेरिकी साम्राज्यवाद
MCC को नाम बोकेर,

देशका अन्धभक्त विज्ञ र भ्रष्ट बहिराहरुले
नेपाली माटो रणभुमिको मसानघाट र
जनतालाई मुर्दा बनाएर
यता बोलाइरहेको छ
बिदेशी दुश्मनी मलामी
MCC को प्लेकार्ड
छातिमा टास्न लगाएर,

ए !डल्लरमा बिकेका
डल्लरका पुजारी हरु हो !

खबरदार पास गरिएला
देश र जनताको घातक MCC प्रकरण !!
यदि
प्राकृतिक सम्पदाले शृङ्गारिएर
सुन्दर बनि उभिएको
स्वतन्त्र सार्वभौम शान्त देशलाई
डल्लरमा धरौटी राखी
बिदेशी शक्तिको हस्तक्षेपलाई
स्थान दिने हो भने
नेपालको सैन्यशक्तिलाई
कम्जोर बनाउदै
कर्मठ नेपालीहरुको
श्रम र सिप माथि आगो
लागाउँनु हो,
त्यति मात्र कहाँ होर हजुर!
MCC लागु गर्नु भनेको
आफ्नै ढिकुटी भित्र
मुसो रुपि कालो गोमन सापलाई
दुध पिलाएर पाल्नु हो ,
अनि / MCC भनेको यो पनि होकि !
बिरालो रुपको बाघको डम्बरु
चुलोमा ल्याएर नचाउँनु हो ,

खबरदार देशलाई पिण्ड बनाउँनेहरु हो !
बिस्तारबाद र साम्राज्यवादले
नेपाली छाती चिथोरेर
अंग अंग लुछेको
अब / हेर्ने छैनन् जनताले मुखदर्शक बनेर
अनि/ बस्ने छैनन्
परचक्री साशक हरुको गुलाम बनेर,

होसियार कुलङ्गारहरु हो….!

एकातिर !
कालापानी र लिम्पियाधुरा जस्ता
सिमा जोगाउन
गोलि निलेर रगत छाद्न
अहोरात तत्पर भएर
आगोको फिलुङ्गो संग खेल्ने जवानहरु ,
छन् भने ,

अर्को तिर
खुकुरी को धारमाथी
आफ्नो जीवन राखी
यता MCC को जंगली भुतबाट
देश बचाउन
जीवन को कुनै प्रवाह नगरी
एउटै चिहानमा एकै साथ
मर्न पनि तयार छन् देशका लागि
तमाम नेपाली जनताहरु ,

ए! सुनत एता
देश नङ्ग्याउने अनि
मेची र महाकालीका धार बङ्ग्याउनेहरु हो !
MCC पास गरि लागु गर्नु भनेको
नेपाली सम्पदाको साँचो बोक्ने
बिदेशी सक्तिको सिंह जन्माउनु हो ,
यद्यपि , खबरदार !!!
चन्द्र सुर्य झन्डा बेचिएर
नेपाली निशानी मेटिएला

MCC पास गरिएला !!!!
नेपाल भूमिको छाती बोकेर
उभिने सम्पुर्ण नेपाली
जनताको आव्हान हो यो ।।

-प्रतिमा पोख्रेल ( नयाँ सृष्टि )
अरुण गा.पा. ५
भोजपुर
२०७८/९/२२

Facebook Comments