Sun. May 19th, 2024

नेपाल पावर र मनिकरण पावर इन्डियाबीच उर्जा सम्झौतामा हस्ताक्षर

काठमाण्डौं, २०७८ पुस २७ गते मंगलबार । नेपाल पावर एक्सचेन्ज लिमिटेड र मनिकरण पावर लिमिटेड इन्डियाबीच उर्जा नविकरण र उर्जा उत्पादन सम्बन्धि सम्झौता भएको छ । काठमाडौंस्थित होटल मेरियन्टमा नेपाल पावर एक्सचेन्ज लिमिटेडले सोमबार आयोजना गरेको सो कार्यक्रममा नेपालका तर्फबाट स्वतन्त्र उर्जा उत्पादक संघका अध्यक्ष कृष्ण प्रसाद आचार्य र मनिकरण पावर लिमिटेड इन्डियाका तर्फबाट नवजित सिंह कल्सीले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

कार्यक्रममा बोल्नुहुँदै उर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसालले विद्युत खपत बढाउने सरकारको योजना रहेको र अन्तरदेशीय विद्युत बिस्तारमा बढावा दिन सरकार अग्रसर रहेको बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका मन्त्री भुसालले मित्र राष्ट्र भारत, बङगलादेश र भुटानबाट उर्जा नविकरण सम्बन्धि लगानी भित्रियाउन निजिक्षेत्रसंग समन्वय गर्न सरकार तयार रहेको बताउनु भयो । साथै उहाँले नेपाल पावर एक्सचेन्ज लिमिटेड र मनिकरण पावर लिमिटेड इन्डियाबीचको उर्जा नविकरण र उत्पादन सम्बन्धि सम्झौता नेपालमा विद्युत बिस्तार र खपतमा कोशेढुङगा साबित हुने विश्वास समेत ब्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल र भारतबीच उर्जा उत्पादन, बजारीकरण र बैदेशिक उर्जा ब्यापार बिस्तारका सम्बन्धमा छलफल भएको थियो ।

Facebook Comments