Wed. May 8th, 2024

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयकाे निर्णय

- कोरोनाको जोखिम झनै बढ्दो

काठमाण्डौं, २०७८ पुस २६ गते सोमबार । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सिसिएमसीको निर्णय कार्यान्वयनमा पठाउने जनाएको छ ।

मन्त्रालयमा सोमबार बसेको बैठकले कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो । एक सूचना जारी गरी बन्दको मोडालिटीबारे जानकारी दिइने उहाँको भनाइ छ ।

‘सिसिएमसीसीको निर्णय भएपछि हामीले अरु थप निर्णय गरिरहनुपर्दैन, उक्त निर्णय कार्यान्वयनका लागि पठाउने हो, त्यही निर्णय भएको छ’, प्रवक्ता शर्माले भन्नुभयो ।

आइतबार बसेको सीसीएमसीको बैठकले कोरोनाको जोखिम बढेको भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।

Facebook Comments