Tue. Dec 24th, 2024

विज्ञापनका नाममा ‘बार्गेनिङ’ नगर्न प्रेस काउन्सिल नेपालको आग्रह

काठमाण्डौं, २०७८ पुस २५ गते आईतबार । प्रेस काउन्सिल नेपालले विज्ञापनका नाममा गलत क्रियाकलाप नगर्न संचार माध्यमहरुलाई आग्रह गरेको छ । काउन्सिलले   प्रेस विज्ञप्ति जारी गर्दै, ‘पछिल्लो समय कतिपय सञ्चार माध्यम तथा सम्बद्ध व्यक्तिबाट विज्ञापनको अनावश्यक दबाब एवम् अन्य ‘बार्गेनिङ’ गर्ने र मागबमोजिम नभएमा संस्था, कम्पनी एवम् व्यक्तिको बारेमा तथ्यहीन, आधारहीन, अपुष्ट आरोपहरू लगाई समाचार प्रकाशन-प्रसारण गर्ने गरेको भनी गुनासाहरू प्राप्त भएको,’ जानकारी गराएको छ ।

काउन्सिलका सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ”काउन्सिल नेपालले प्रेस काउन्सिल ऐन, पत्रकार आचारसंहिताबमोजिम काउन्सिलमा प्राप्त हुने उजुरी-जनगुनासाहरूको सुनुवाई गर्नुका साथै सञ्चार माध्यमबाट सम्प्रेषित सामग्रीहरूको नियमित स्वअनुगमनसमेत गर्दैै आइरहेको छ । सञ्चार माध्यम एवम् सम्बद्धबाट हुने त्यस्ता क्रियाकलाप प्रचलित कानुन, पत्रकार आचारसंहिता विपरीत हो, पत्रकारिताकोे दुरुपयोग हो । समग्र प्रेसलाई धुमिल्याउने त्यस्ता गतिविधि नगर्न-नगराउन तथा हुन नदिनेतर्फ सजगता अपनाउन प्रेस काउन्सिल नेपाल सम्वद्ध पक्षको ध्यानाकर्षण गराउँदछ ।

काउन्सिलले बिज्ञापनलगायत ‘बार्गेनिङ’ गर्ने र मागबमोजिम नभएमा धम्की दिने, तथ्यहीन सामग्री प्रकाशन-प्रसारण गर्नेजस्ता क्रियाकलाप भएका छन्, भने प्रमाणसहित प्रेस काउन्सिल नेपालमा उजुरी दिन आग्रह समेत गरेको छ ।

Facebook Comments