Tue. Mar 18th, 2025 03:44:29

काठमाण्डौं उपत्यकामा ६ सय १५ जना कोरोना संक्रमित थपिए

काठमाण्डौं, २०७८ पुस २५ गते आईतबार । पछिल्लो २४ घण्टामा काठमाण्डौं उपत्यकामा ६१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगीता मिश्रका अनुसार २४ घण्टामा भक्तपुरमा २५, ललितपुरमा ९९ काठमाडौंमा ४९१ जनामा संक्रमण पुष्टि भएको हो।

आइतबार ४९१ जनामा संक्रमण पुष्टि भएसँगै काठमाडौं जिल्लामा मात्र अहिलेसम्म २ लाख ५७ हजार ७८७ जनामा कोरोना पृष्टि भएको छ। जसमा २ लाख ५३ हजार ४५६ जना संक्रमणमुक्त भएका छन्। मृत्यु हुनेको संख्या २२ सय २४१ पुगेको छ। सक्रिय संक्रमित २ हजार ९० रहेका छन्।

गोरखापत्र अनलाईनका अनुसार भक्तपुरमा अहिलेसम्म ३० हजार ५६० जनामा कोरोना पृष्टि भएको छ। जसमा २९ हजार ५३४ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मृत्यु हुनेको संख्या ४३८ पुगेको छ। भने सक्रिय संक्रमित ५८८ जना रहेका छन्।

ललितपुरमा अहिलेसम्म ५१ हजार ७४८ जनामा कोरोना पृष्टि भएको छ। जसमध्ये ५० हजार २३६ जना संक्रमणमुक्त भएका छन्। मृत्यु हुनेको संख्या ७०९ छ भने ८०३ सक्रिय संक्रमित रहेका छन्।

मिश्रले संक्रमण दर बढ्दै गइसकेको भन्दै आवश्यकता स्वास्थ्य सतर्कता अपनाउन आग्रह गर्नुभएको छ।

Facebook Comments