Mon. May 20th, 2024

गोरखामा मिनि ट्रक दुर्घटना हुँदा २ वर्षीय बालिकासहित ३ जनाको ज्यान गयो

काठमाण्डौं, २०७८ पुस १६ गते शुक्रबार । गोरखामा मिनि ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आरुघाटबाट माछाखोलातर्फ जाँदै गरेको मिनि ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

बा ५ ख ६५६६ नम्बरको सो मिनि ट्रक सडकबाट सय मिटर तल बुढीगण्डकीमा खसेको डिएसपी प्रकाश दाहालले जानकारी दिनुभयो ।

मृत्यु हुनेहरुमा धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ टारीगाउँका २३ वर्षीय निराजन नेपाल र सोहि वडाका २० वर्षीय दिपक परियार रहेका छन् । त्यसैगरी धार्चे गापा ३ उहियाका शरणी गुरुङकी २ वर्षीय छोरी सपना गुरुङको सोही दुर्घटनामा परी मृत्यु भएको छ ।

नेपाल घटनास्थलबाट उद्धार गरी स्थानीय मेडिकलमा लैजादै गर्दा बाटोमा मृत्यु भएका हुन् भने परियार घटनास्थलमै मृत्यु भएको हो ।

घाइतेमध्ये २ जनालाई थप उपचारका लागि काठमाडौस्थित ट्रमा सेन्टर र टिचिङ अस्पतालमा पठाइएको डिएसपी दाहालले जानकारी दिनुभयो । नेपाल टेलिभिजन

Facebook Comments