Mon. Dec 23rd, 2024

नयाँ प्रतिबन्ध लगाइए सम्बन्ध टुट्न सक्ने अमेरिकालाई रुसको चेतावनी

फाईल फोटो

काठमाण्डौं, २०७८ पुस १६ गते शुक्रबार । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति जो बाइडनलाई एउटा चेतावनी दिँदै युक्रेनसँग जोडेर नयाँ प्रतिबन्धहरू लगाइए पूर्ण रूपमा सम्बन्ध टुट्न सक्ने बताउनु भएको छ ।

बिहीवार अबेर अमेरिकी राष्ट्रपतिसँग भएको टेलिफोन वार्तामा पुटिनले त्यस्ता प्रतिबन्धहरू “ठूलो भुल” हुने बताउनु भएको हो ।

बाइडनले चाहिँ युक्रेनमाथि हुने जुनकुनै हस्तक्षेपलाई अमेरिका र उसका साझेदारले डटेर जबाफ दिने बताउनु भएको छ ।रुसको आग्रहमा भएको त्यस्तो संवाद एक महिनामै दुई राष्ट्रपतिबिच भएको दोस्रो हो। उहाँहरू बीचको कुराकानी झन्डै एक घण्टा चलेको थियो। बाइडनले राष्ट्रपति पुटिनलाई कूटनीतिक समाधान खोज्न भनेको बताइएको छ।

युक्रेनी अधिकारीहरूले रुससँगको पूर्वी सीमानजिक एक लाखभन्दा धेरै रुसी फौज तैनाथ भएको बताइरहँदा तनाव मत्थर पार्ने पछिल्ला प्रयास भएका हुन्।

अमेरिकाले पुटिनलाई यदि युक्रेनमाथि हमला गरिए ुयसअघि कसैले नदेखे जस्तोु प्रतिबन्ध लगाउने चेतावनी दिएको छ। बीबीसी

Facebook Comments