Sun. Dec 22nd, 2024

काबुल ध्वस्त हुनबाट बचाउन आफू भागेको अफगानीस्तानका पूर्वराष्ट्रपति अशरफ गनीको दाबी

राष्ट्रपति अशरफ गनी

काठमाण्डौं, २०७८ पुस १६ गते शुक्रबार । अफगानिस्तानका पूर्वराष्ट्रपति अशरफ गनीले तालिबान यो वर्षको सुरुवातमा काबुलनजिकै आएपछि देश छोड्ने आफ्नो निर्णयको बचाउ गर्नुभएको छ ।

उहाँले “काबुललाई विनाश हुनबाट बचाउन” आफू देश छाडेर भागेको दाबी गर्नुभएको हो । गनीले अगस्ट १५ को बिहान त्यो दिन अफगानिस्तानमा आफ्नो अन्तिम दिन भएको भन्ने कुनै भान नभएको बीबीसी रेडिओ फोरको टुडे कार्यक्रमलाई बताउनु भएको छ ।

काबुल छोड्न विमानमा उडेपछि बल्ल आफूलाई देश छोडिरहेको जस्तो लागेको उहाँले बताउनु भयो । अन्तिम समयमा देश छोडेर हिँडेको भनेर उहाँको आलोचना भएको थियो। उहाँ हाल यूएईमा रहनु भएको छ । बीबीसी

Facebook Comments