Mon. Dec 23rd, 2024

गुरुङ समुदाय आज भव्य रुपमा ‘तमु ल्होसार’ मनाउँदै

काठमाण्डौं, २०७८ पुस १५ गते बिहीबार । देशका विभिन्न भागमा बसोबास गर्ने गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले प्रत्येक वर्ष नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्दछन् ।

गुरुङ बाहुल्य रहेको गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, मनाङ, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

‘तमु ल्होसार’ को अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ ।

Facebook Comments