Thu. May 2nd, 2024

कोरोना महामारीको नियन्त्रणमा चीनको अतुलनीय योगदान

- रमेश हतुवाली

काठमाण्डौं, २०७८ पुस ५ गते सोमबार । विगत दुई वर्षदेखि विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले “कोभिड १९” को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकिएको छ ।

नोभल कोरोना भाइरस (CoV) कोरोना भाइरसकै एक नयाँ प्रजाति हो। नोभल कोरोनाभाइरसका कारण शुरु भएको रोग चीनको वुहानमा पहिलो पटक पहिचान गरिएको थियो। यसलाई हाल कोरोनाभाइरस रोग २०१९ (अर्थात कोभिड-१९) नामाकरण गरिएको छ जसमा ‘को’ ले कोरोना र ‘भि’ ले भाईरस भन्ने जनाउँछ। यस भन्दा पहिले यो रोगलाई ‘२०१९ नोभल कोरोना भाइरस’ वा ‘२०१९-एन-कोभि (2019-nCoV)’ भन्ने गरिएको थियो।

कोभिड-१९ भाइरस एक परिवर्तित स्वरुपको भाइरस हो जसलाई सिभियर एक्युट रेस्पिरेटोरी सिन्ड्रम (सार्स) र सामान्य प्रकारका रूघाखोकीसँग पनि सम्बन्धित मानिएको छ।

यो लेख तयार पर्दासम्म नेपालमा ८ लाख २६ हजार ६ सय ४४ जना भन्दा धेरै मानिसहरु कोरोनाबाट संक्रमित भए । ८ लाख ९ हजार ९ सय २२ जना कोरोनाको संक्रमणबाट मुक्त भए । तर दूर्भाग्य कोरोनासँगको यो भयानक युद्धमा ११ हजार ५ सय ८१ जनाले ज्यान गुमाई सकेका छन् भने अझै पनि धेरै मानिसहरु कोरोनासंग लडिरहेका छन् । त्यसैगरी विश्वका २७ करोड ७६ लाख ८६ हजार ३ सय ३२ जना मानिसहरुमा कोरोना संक्रमण भैसकेको छ भने ५३ लाख ९६ हजार ८ सय ११ जनाको मृत्यु भैसकेको छ । कोरोना भाइरसलाई आजसम्म २४ करोड ८९ लाख ११ हजार ५ सय ५५ जनाले जितेका छन् ।

सन् २०२० मा चिनियाँहरूको सबभन्दा ठूलो चाड “वसन्त उत्सव” (चिनियाँ नयाँ वर्ष) जनवरी २४ बाट सुरू हुनै लागेको थियो। करोडौं चिनियाँ जनता उत्साह र उमंगका साथ सो चाड मनाउन कर्मथलोबाट जन्मथलो वा परिवारजनसँग भेट्न जाने तयारीमा जुटिरहेकै समयमा सिंगो चीनलाई कोरोना भाइरसको सक्रमणरुपी कालो बादलले ढाक्यो ।

सन् २०१९ को अन्तिमतिर मध्य चीनको वुहानमा देखिएको कोरोना संक्रमणले जनवरी २२ सम्म हुवे प्रान्तमा महामारीको रूप लिइसकेको थियो। बिरामीको चाप एक्कासि यति बढ्यो, कुनै पनि सरूवा रोगी राख्ने अस्पतालमा एउटा पनि ठाउँ खाली रहेन। अस्पतालमा भर्नाका लागि लाखौं मानिसहरुको ताँती लाग्यो तर भर्ना पाउनसक्ने अवस्था देखिएन ।

अकल्पनिय रुपमा देखापरेको कोरोना महामारीले अस्पतालको जनशक्ति यति धेरै व्यस्त भयो, उनीहरूले बिरामी वा तिनका आफन्तको कुरा सुन्न त के खाना खान र सुत्न समेत पाएनन् ।

सन् २०२० को जनवरी २४ तारिखमा दिइएको जानकारीअनुसार अघिल्लो दिन ८ सय ३० जना नयाँ संक्रमित थपिएका थिए भने ३४ जना निको भएर घर फर्केको र २५ जनाको मृत्यु भएको बताइएको थियो। मृतकमध्ये २४ जनाको मृत्यु वुहानमै भएको थियो।

२४ जनवरीमा चीनको लोकप्रिय पत्रिका पिपुल्स डेलीले प्रकाशित गरेको समाचार अनुसार जनवरी २३, बिहान साढे १० बजेदेखि लागू हुने गरी बिरामीको उपचारमा संलग्न, अत्यावश्यक सामग्रीका आपूर्तिकर्ता र सुरक्षाकर्मीबाहेक वुहान जाने-आउने सबै नाका, सबै यातायात साधन, सबै बजार र मान्छेको हिँडडुल पूरै बन्द गरियो । कहिल्यै बन्द नभएको चीनमा यस किसिमको बन्दाबन्दीलाई चिनियाँहरुले लकडाउन भनि सम्बोधन गरे ।

जनवादी गणतन्त्र चीनका लागि नेपालका पूर्वराजदूत लीलामणी पौड्याल पिपुल्स डेलीलाई उद्धत गर्दै लेख्नुहुन्छ, राष्ट्रपति सी चिनफिङले त्यसअघि जनवरी २० कै दिन ‘विभिन्न तहका पार्टी समितिका साथै सरकारसँग सम्बन्धित विभागहरूलाई जनताको जीवन र स्वास्थ्यलाई प्राथमिकता दिन, सावधानीपूर्वक योजनाहरू बनाउन, सबै उपलब्ध स्रोत परिचालन गर्न र यस रोगको थप विस्तार रोक्न ठोस र प्रभावकारी कदम चाल्न आग्रह गर्दै संक्रमितको उपचार गर्दै जीवन बचाउन, संक्रमणको कारण पत्ता लगाउन, अनुगमन सुदृढ बनाउन र रोग निदानलाई स्तरीय बनाउन सबै साधन प्रयोग गर्न’ निर्देशन दिनुभएको थियो।

प्रधानमन्त्री ली खछ्याङले राज्यपरिषद बैठक डाकेर ‘स्थानीय सरकार र सम्बन्धित विभागहरूलाई समयमै बिरामी पहिचान गर्न, संक्रमितलाई छुट्टै राखेर उपचार गर्न र तुरुन्त प्रभावकारी रूपमा रोगको रोकथाम र नियन्त्रण गर्न’ आग्रह गर्नुभएको थियो । स्थिति काबुमा नआएपछि जनवरी २३ देखि वुहानमा लकडाउन गरी देशभर स्वास्थ्य सतर्कता जारी गरिएको थियो।

त्यसको दुई दिनपछि नै वसन्त उत्सवको पहिलो दिन अर्थात् जनवरी २५ मा जब पूरै मुलुक र विश्वभरि रहेका चिनियाँहरू रमझम गर्दै थिए, राष्ट्रपति चिनफिङले चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक डाकेर ‘जनताको जीवन अमूल्य छ, महामारी रोक्ने र नियन्त्रण गर्ने हाम्रो जिम्मेवारी हो’ भन्दै ‘जनताको जीवन र स्वास्थ्यलाई सर्वोपरि प्राथमिकतामा राख्न’ पार्टीका सबै समिति र सरकारको सबै तहका विभागहरूलाई निर्देशन दिनुभएको समाचार छापियो (पिपुल्स डेली जनवरी २५, २०२०)

वसन्त उत्सवको दिन स्थायी समिति बैठक डाक्नुले चिनियाँ नेतृत्वले त्यस संक्रमणलाई कसरी लिएको थियो भन्ने संकेत गर्छ। चीन सरकारले कोरोना महामारी फैलिएपछि त्यसको नियन्त्रणका लागि अहोरात्र निर्वाह गरेको भूमिकालाई चीनका लागि पूर्व नेपाली राजदूत पौड्यालले आफ्नो स्मरण यसरी व्यक्त गर्नुभएको छ  – जनवरी २२ सम्म सामान्यजस्तै लाग्ने बेइजिङ जनवरी २५ को बैठकपछि नितान्त भिन्न भइसकेको थियो। जनवरी २५ को बैठकपछि चीनका पूरै प्रान्तहरू, सबै तहका सरकार, पार्टी, र समुदाय पूरै सामर्थ्यका साथ परिचालन भइसकेका थिए। यसबाट एक अर्ब ४० करोड चिनियाँ र चीनमा बस्ने लाखौं विदेशीहरूको दिनचर्या नै बदलिएको थियो।

उपर्युक्त बैठक र निर्णयहरूबाट कोरोना संक्रमण रोकथाम र नियन्त्रणलाई सरकारले सर्वोपरि महत्त्व दिएको र कठोर आदेश जारी गरी सबै संयन्त्र परिचालन र सबै समर्थ्यको प्रयोगबाट रोग नियन्त्रण गर्न र जनताको जीउ जोगाउन युद्धस्तरमा काम गर्ने प्रतिबद्धता गरेको प्रतीत हुन्थ्यो। साथै, स्थायी समिति बैठकबाट संक्रमण नियन्त्रणको केन्द्रीय कमान्डमा प्रधानमन्त्री लि खछयाङ्लाई तोकिएको थियो। उहाँले लगत्तै वुहानको स्थलगत निरीक्षण गर्नुभयो र पछि त्यहाँका कतिपय स्थानीय पदाधिकारीलाई हटाएर नयाँलाई जिम्मेवारी दिइयो।

वुहान, बेइजिङ, सांघाईजस्ता सहरमा जनवरी २५ देखि नै सबभन्दा उच्च स्तरको स्वास्थ्य सतर्कता (स्वास्थ्यसम्बन्धी आपतकालीन आदेश) जारी गरियो। लकडाउनकै बीच महामारी नियन्त्रण गर्न युद्धस्तरमा काम गरेर चिनियाँहरूले १२ दिनभित्र एक हजार शैयाको र १५ दिनमा अर्को १५ सय शैयाको गरी १५ दिनमा दुईवटा अत्याधुनिक संक्रामक रोग उपचार अस्पतालहरू निर्माण गरे। अत्यावश्यक उपचार सामग्रीहरू द्रुत गतिमा उत्पादन र आपूर्ति गरियो। संक्रमण पत्ता लगाउन व्यापक रूपले नि:शुल्क परीक्षण र बेइजिङमा मात्र १२० वटा ‘फिवर क्लिनिक’ सञ्चालन गरिएका थिए।

नेपालका स्वास्थ्यमन्त्री बिरोध खतिवडाले चीनको प्रशंसा गर्नु भएको छ। कोभिड विरुद्धको युद्धमा चीनले नेपाललाई महत्वपूर्ण सहयोग गरेको भन्दै उहाँले चीनको प्रशंसा गर्नु भएको हो। चीनको उदयले विश्व राजनीतिक प्रणालीलाई सन्तुलित बनाएको पनि उहाँले बताउनुभयो। यही नोभेम्बर ८ तारिख बेइजिङमा सुरु हुँदै गरेको चिनियाँ कम्युनिष्टपार्टी १९ औँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकको सन्दर्भमा उहाँले चिनियाँ मिडिया ग्रुपलाई अन्तर्वार्ता दिँदै उक्त कुरा बताउनु भएको हो।

संक्रमण फैलिन नदिन एक प्रान्तबाट अर्को प्रान्तमा भ्रमण गर्ने जोसुकैले अनिवार्य एकान्तवास बस्नुपर्थ्यो। सरकारी अधिकारीहरूलाई पनि स्वास्थ्य मापदण्ड पालनामा कुनै छुट थिएन। सन् २०२० मार्च पहिलो साता म नेपाल फर्किंदै गर्दा भएको भेटमा परराष्ट्र मन्त्रालयका एक अधिकारीले आफ्ना आधा कर्मचारी एकान्तवासमा बसेको बताएका थिए।

लकडाउनको तेस्रो दिनदेखि नै संक्रमितसँगको सम्पर्क थाहा पाउन कुन रेल, बस वा हवाईजहाजमा कुन समय, कुन स्थानमा यात्रा गरेको यात्रुमा कोरोना संक्रमण भेटियो भन्ने सूचना फोनको एसएमएसमा आउन थालिसकेको थियो।

फेब्रुअरी पहिलो साताबाट त मोबाइलले क्युआर कोड स्क्यान गरेर आफू कुनै संक्रमितसँग जानकारीबिनै सम्पर्कमा आएको भए थाहा दिने प्रणाली विकास गरिएको थियो।

अर्को एउटा उदाहरणीय काम समुदाय परिचालनको थियो। हरेक समुदायमा बसोबास गर्ने सबैलाई नियन्त्रण, निगरानी र सहजीकरण गर्ने एक समितिले आफ्नो कार्यक्षेत्रभित्रका सबै जनताको दैनिक तापक्रम लिने, प्रारम्भिक चरणमै लक्षण पहिचान गर्ने, परीक्षण र उपचारमा सहजीकरण गर्ने, शारीरिक अपांगता भएका, पाका व्यक्ति तथा रोगीहरूको हेरचाह गर्ने, हरेक मान्छेको हिँडडुल निगरानी र नियन्त्रण गर्ने तथा कामकाजीहरूलाई सुरक्षित कामकाजमा जान सघाउने काम गर्थे।

वुहानमा थुप्रै तालिम केन्द्र, खेलकुद संरचना, विश्वविद्यालय र अन्य उपयुक्त भौतिक संरचनालाई अस्थायी अस्पताल बनाएर हजारौं बेड थपिएका थिए। औद्योगिक उत्पादन चालू राख्न पनि सरकारले विशेष सहजीकरण गरेको थियो। उदाहरणका लागि, क्वानचाउको एक उद्योगमा उत्पादन चालू राख्न चार हजार किलोमिटर टाढा सिन्ज्याङमा छुट्टी मनाउन गएका कामदारलाई सरकारले छुट्टै रेलको डिब्बामा राखेर उद्योगसम्म पुर्‍याउने व्यवस्था मिलाइदिएर उत्पादन र आपूर्ति सहज बनाएको थियो। उद्योग, कलकारखाना र सेवा व्यवसाय चलाउन कडा मापदण्ड बनाई निरीक्षण गर्ने र पालना नगरेको पाइएमा कडा सजाय दिने गरिएको थियो।

यी सबै काम ठूलो मुलुक, पैसा र मान्छे भएर मात्र भएको होइन। चीनभन्दा शक्तिशाली अमेरिका र चीनको भन्दा उच्चस्तरको स्वास्थ्य प्रणाली भएका कयौं युरोपेली मुलुकभन्दा कम अवधिमा चीनले कोरोना महामारीलाई आधारभूत रूपले कम क्षतिमा नियन्त्रण गर्न सक्नुको कारण नेतृत्वको महामारीप्रति दृष्टिकोण, अठोट, उच्चस्तरको सहजीकरण र निगरानी, सबै संयन्त्रको पूरै सामर्थ्यसाथ परिचालन तथा जनताको जीवनप्रति सरकारको जिम्मेवारीबोध हो भन्न कुनै दुबिधा मान्नुपर्दैन ।

पूर्वराजदूत लीलामणी पौड्याल लेख्नुहुन्छ, चीनमा जब कोरोना महामारी फैलियो, त्यही बेला कतिपय पश्चिमी मुलुकका विद्वानहरू चीन अब भासिन्छ भन्ने आकलन गर्दै चीनलाई गिज्याउने र अपमानित गर्ने गर्दै थिए। कतिपय चिनियाँहरूलाई त पश्चिमी मुलुकमा भाइरस भन्दै सामाजिक विभेद, अपहेलना र भौतिक आक्रमणसमेत गरियो। कतिपय पश्चिमी नेताले यो भाइरस एसियालीलाई मात्र लाग्छ, ककेसियनलाई छुँदैन भनेर वकालत गरे। उनीहरूले यो भाइरसलाई खेलाँचीका रूपमा लिए।

इटाली र स्पेनमा कोरोना भाइरस देखिइसकेपछि, ठूला फुटबल खेल आयोजना गरियो। नेताहरूले भाइरस केही होइन भनेर संक्रमितसँग हात मिलाउँदै फोटोसेसन गरे। मास्क लगाउन आदेश दिनु मानव अधिकारविरूद्ध हो भन्दै नारा-जुलुस गरियो। लकडाउन चीनले मात्र गर्ने हो, खुला समाजले होइन भनेर वकालत गरियो। यस्तै गलत बुझाइ र नीतिका कारण पश्चिमी मुलुकमा महामारी फैलिएको हो।

कोरोना महामारीको नियन्त्रणमा नेपाललाई चीनको महत्वपूर्ण सहयोग
कोरोना महामारीको भयानक दोस्रो लहरको प्रवेशसँगै भारतको स्वास्थ्य व्यवस्था लथालिंङ्ग अवस्थामा पुग्यो । सन् २०२० को अक्टोबरमा सबैभन्दा पहिला भारतमा देखिएको B.1.167 भेरियन्ट, जसलाई इन्डियन भेरियन्ट भनिएको छ र यसको प्रवेशसँँगै भारतमा दैनिक लाखौ मानिसहरुको संक्रमित र हजारौ मानिसको मृत्यु हुन थालेपछि भारतका हस्पिटलहरुमा कोरोना संक्रमितहरुको चाप बढ्न थाल्यो । हस्पिटलमा बेड, अक्सिजन र अन्य स्वास्थ्य सामग्रीको अभाव देखिन थाल्यो । भारतको स्वास्थ्य व्यवस्था धरासायी र नाजुक अवस्थामा पुग्यो ।

पहिले देखिएको भन्दा B.1.167. इन्डियन भेरियन्टलाई कोरोना भाइरसको खतरापूर्ण र जोखिमयुक्त भेरियन्ट भनिन्छ । सोहि कुरालाई मध्य नजर गर्दै भारत सरकारले देशभर लकडाउन घोषणा गर्यो । भारतसँगको खुला सीमानाको कारण वा दुर्भाग्यवस नेपाललाई दोस्रो लहरको कोरोना भाइरसको संक्रमणले समात्यो, जब कोरोनाको दोस्रो लहरले भारतमा ताण्डव मचाउन थाल्यो । भारतलाई रोजगारको थलो बनाउने धेरै नेपालीहरु विभिन्न नाकाहरुको प्रयोग गर्दै आफ्नो घर फर्किन थाले ।
भारतसँग खुल्ला सिमाना रहेका कारण भारतबाट नेपाल फर्किने नेपालले संख्या उच्च हुन पुग्यो अनि नेपाल पनि कोरोनाको दोस्रो लहरको उच्च जोखिममा पर्यो ।

दोस्रो लहरको चपेटामा परेको नेपालमा यसको असर भयानक हिसाबले देखिन थाल्यो । दैनिक ९ हजार नागरिकहरु कोरोनाबाट संक्रमित हुँदा सयौँ मानिसहरुले ज्यान गुमाउन थाले । सामान्य नागरिक, व्यापारी, कलाकार, नेता, डाक्टर , न्यायाधिस, नर्सलगायत धेरै मानिसहरुले दैनिक कोरोनाका कारण ज्यान गुमाउन थाले । संक्रमण र मुत्युदर बढ्न थालेपछि नेपालका हस्पिटलहरुमा कोरोनाका बिरामीहरुको चाप बढ्न थाल्यो । हस्पिटलमा बिरामी बढेसँगै बेड, अक्सिजनका साथै अन्य स्वास्थ्य सामग्रीको अभाव हुन थाल्यो । सामान्य शब्दमा भन्दा नेपालको स्वास्थ्य व्यवस्था नै डामाडोल भयो ।

चीनले विश्वलाई १ अर्ब ७० करोड कोरोना विरुद्ध खोप प्रदान गरिसकेको छ र चालु वर्षको अन्त्यमा यो संख्या २ अर्ब पुग्ने छ।महामारीलाई पराजित गर्ने सर्वोत्तम् उपकरण खोप भएको भन्दै चीनले खोप विश्वको सार्वजनिक वस्तु बन्नुपर्ने तर हाल विश्वमा खोपको असमान वितरण भइरहेको बताएको छ । विकासोन्मुख मुलुकहरूले विश्वको खोपको निष्पक्ष वितरणसम्बन्धी संयुक्त राष्ट्र संघको आह्वानको समर्थन दिएको भन्दै चीनले सबै मुलुकहरूसँग सर्वसाधारणको जीवन अधिकार र स्वास्थ्य अधिकारलाई पहिलो स्थानमा राख्न पनि आह्वान गरेको छ ।

नेपालमा कोरोनाको पहिलो लहर प्रवेश गर्दा पनि सरकारले २०७६ साल चैत ११ गते देशव्यापी लकडाउन घोषणा गर्यो । लकडाउन ४ महिना लम्बियो र पछि खुकुलो बनाइयो । तर कोरोनाको भयानक दोस्रो लहरको प्रवेशसँगै नेपाल सरकारले देशका ६६ वटा जिल्लामा पूर्ण र ६ वटा जिल्लामा आंशिक गरि ७३ वटा जिल्लामा निषेधाज्ञा जारी गर्यो । बेडको अभाव, आइसोलेसन सेन्टरको अभाव, हस्पिटलमा अक्सिजन र स्वास्थ्य सामाग्रीको अभाव । नेपालको स्वास्थ्य व्यवस्थामा धरापमा थियो । नाजुक अवस्थामा रहेको नेपाललाई असल छिमेकि र घनिष्ठ मित्रका नाताले जनवादी गणतन्त्र चीनले सहयोगको हात बढायो ।

चीन सरकारले नेपालमा रहेको अक्सिजनको अभावलाई मध्यनजर गर्दै २० हजार थान अक्सिजन सिलिण्डर उपलब्ध गराउने प्रतिबद्धता जनायो र प्रतिबद्धता बमोजिम चीनले नेपाललाई दिने भनेको २० हजार अक्सिजन सिलिण्डर मध्य ४०० सिलिण्डर हवाई मार्गको प्रयोग गरि २०७८ साल बैशाख २८ गते काठमाडौं ल्याइयो भने बाँकी अक्सिजन सिलिण्डर र अन्य स्वास्थ्य सामाग्री रसुवागढी नाकाको प्रयोग गरि ल्याईयो ।

यसअघि पनि चीन सरकारले नेपाललाई कोरोनाको पहिलो लहरका बेलामा मास्क,पीपीई किट, कोरोना टेस्ट किट लगायतका सामग्री पनि सहयोग गरेको थियो । कोरोनाका लागि स्वास्थ्य सामग्रीभन्दा पनि खोपको आवश्यकता नेपाललाई थियो । अनि यसको लागि पनि चीनले नेपाललाई सहयोग गर्यो । पहिलो चरणमा चीन सरकारले नेपाललाई सिनोफार्म कम्पनीको ८ लाख डोज भेरोसेल खोप अनुदानमा दियो । चीन सरकारले दिएको भेरोसेलेको ८ लाख डोज अनुदान २०७७ साल चैत्र १६ गते नेपाल आयो ।

चीनले नेपाललाई उपलब्ध गराएको खोपको पहिलो डोज नेपालमा २०७८ साल चैत्र २५ गतेदेखि लगाउन सुरु गरियो । विश्व स्वास्थ्य सगंठनबाट मान्यताप्राप्त भेरोसेल खोप लगाउने अभियानमा नेपाली नागरिकहरुले खुलेरै सामेल भए । काठमाडौंमा रहेको मोडेल हस्पिटल तथा क्षेत्रपाटी निशुल्क चिकित्सालयकाका वरिष्ठ डाक्टर सर्वोत्तम श्रेष्ठले पनि भेरोसेल खोप लगाउनुभयो । खोप लगाइसकेपछि चिनियाँ खोपको प्रभावकारिता र चीनको खुल्ला हृदयको उहाँले खुलेर प्रशंसा गर्नुभयो ।

नेपालमा उपलब्ध भएका खोपमध्ये नेपालीहरुले चिनियाँ खोपको प्रभावकारिताको खुलेरै समर्थन गर्दै खोप अभियानमा सहभागिता जनाउदै चीनँ सरकारप्रति आफ्नो सदभाव व्यक्त गरे । खोप अभियानमा सामान्य जनतादेखि विभिन्न पेसामा आवद्ध व्यक्तिहरुको सहभागिता थियो ।

विश्वभरी नै महामारीको संक्रमण बढ्दै जाँदा नेपाल पनि यसबाट अछुतो रहन सकेन । यो लेख तयार पर्दासम्म नेपालमा ८ लाख २६ हजार ६ सय ४४ जना भन्दा धेरै मानिसहरु कोरोनाबाट संक्रमित भए । ८ लाख ९ हजार ९ सय २२ जना कोरोनाको संक्रमणबाट मुक्त भए । तर दूर्भाग्य कोरोनासँगको यो भयानक युद्धमा ११ हजार ५ सय ८१ जनाले ज्यान गुमाई सकेका छन् भने अझै पनि धेरै मानिसहरु कोरोनासंग लडिरहेका छन् । त्यसैगरी विश्वका २७ करोड ७६ लाख ८६ हजार ३ सय ३२ जना मानिसहरुमा कोरोना संक्रमण भैसकेको छ भने ५३ लाख ९६ हजार ८ सय ११ जनाको मृत्यु भैसकेको छ । कोरोना भाइरसलाई आजसम्म २४ करोड ८९ लाख ११ हजार ५ सय ५५ जनाले जितेका छन् ।  अझ कोरोनाको नयाँ रुपमा तिब्र गतिमा विकास हुँदै आएको नयाँ ओमिक्रोन भेरिअन्टले सिंगो विश्वलाई चिन्तित बनाएको छ ।

कोभिडको ओमिक्रोन भेरिअन्ट फैलिरहेका बेला जनस्वास्थ्यको रक्षार्थ आफ्ना केही छुट्टीका योजना रद्द गर्न सर्वसाधारणलाई विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको छ। “जीवन रद्द हुनुभन्दा एउटा कार्यक्रम रद्द गर्नु राम्रो हो,” विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले “कठिन निर्णय” गरिनुपर्ने बताउनु भएको छ। “केही अवस्थामा यसको अर्थ कार्यक्रमहरू रद्द गर्नु वा पछि सार्नु हुनेछ,” उहाँले भन्नुभयो। उहाँका अनुसार “ओमिक्रोन डेल्टा भेरिअन्टभन्दा निकै तीव्र गतिमा फैलिरहेको तथ्य” प्राप्त भएको छ।

फ्रान्स र जर्मनीसहित कैयौँ राष्ट्रले कडा नियमहरू लागु गर्नुका साथै नयाँ भेरिअन्ट फैलिन नदिनका लागि यात्रामा प्रतिबन्ध लागु गरेका बेला डा. गेहब्रेयससको पछिल्लो भनाइ सार्वजनिक भएको हो। द नेदरल्यान्ड्सले क्रिसमसका बेला कडा नियमहरू सार्वजनिक गरेको छ। सोमवार ह्वाइट हाउसले राष्ट्रपति जो बाइडनले ”देशलाई बन्द गर्ने” योजना नबनाएको जनाएको छ।

कोरोनासँगको यो लडाई बच्नका लागि तोकिएका स्वास्थ्य मापदण्ड अपनाउनु त जरुरी नै छ । अझै जरुरी छ खोप लगाउनु । शुक्रराज ट्रपिकल हस्पिटलका सरुवा रोग बिशेषज्ञ वरिष्ठ डाक्टर शेर बहादुर पुन । सुरुवात देखि नै कोरोनाबिरुद्धको लडाईमा अग्रपङितमा रहेर खटिरहनु भएको छ । नेपालमा कोरोनाको प्रभाव देखिएदेखि अहिलेसम्म निरन्तर लागि पर्नु भएका डाक्टर पुनले खोपको आवश्यकता अनि यसको प्रभावकारितालाई राम्ररी बुझ्नु भएको छ । डा.पुन भन्नुहुन्छ, कोरोनासँग लड्न खोपको अत्यन्त महत्वपूर्ण भूमिका हुन्छ । खोप लगाएका मनिसहरुमा संक्रमण भैहाले पनि मृत्यु हुने सम्भावना अत्यन्त कम हुन्छ । त्यसैले सबैले खोप लगाउनु आवश्यक छ ।

चीनले दिएको भेरोसलको प्रभावकारिताका बारेमा बिज्ञहरुले पनि सकारात्मक प्रतिक्रिया जनाइरहँदा नेपाल सरकारले पुनः २०७८ जेष्ठ २ गतेबाट चिनियाँ खोपको दोस्रो डोज लगाउने अभियान सुरु गर्यो । र पहिलो खोप लगाएका नागरिकले सो अभियानमा फेरि खुसीका साथ सामेल भए र चीनको सहयोगका लागि धन्यवाद पनि व्यक्त गरे ।

अहिले विश्वका धेरै राष्ट्रहरु खोपको पर्खाइमा रहेका छन् । खोपको आवश्यकता सबैलाई छ तर चीनले आफ्ना नागरिकहरुसँगै नेपालका नागरिकहरुप्रति देखाएको सदभावलाई सबैले मुक्तकण्ठले प्रशंसा व्यक्त गरेका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गगांप्रसाद उप्रेती चीनको उदारताको प्रशंसक हुनुहुन्छ । विश्वभरीका मानिसहरुको स्वास्थ्य रक्षाको लागि चीन सरकारले उपलब्ध गराएको कोरोना भाइरस विरुद्धको खोपलाई उहाँ महत्वपूर्ण सहयोग भन्नुहुन्छ ।

नेपालका स्वास्थ्यमन्त्री बिरोध खतिवडाले चीनको प्रशंसा गर्नु भएको छ। कोभिड विरुद्धको युद्धमा चीनले नेपाललाई महत्वपूर्ण सहयोग गरेको भन्दै उहाँले चीनको प्रशंसा गर्नु भएको हो। चीनको उदयले विश्व राजनीतिक प्रणालीलाई सन्तुलित बनाएको पनि उहाँले बताउनुभयो। यही नोभेम्बर ८ तारिख बेइजिङमा सुरु हुँदै गरेको चिनियाँ कम्युनिष्टपार्टी १९ औँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकको सन्दर्भमा उहाँले चिनियाँ मिडिया ग्रुपलाई अन्तर्वार्ता दिँदै उक्त कुरा बताउनु भएको हो।

नेपाललाई पुस २ गतेसम्म तीन करोड ५४ लाख ६६ हजार ९८० मात्रा खोप प्राप्त भएको छ । प्राप्त खोपमध्ये पुस २ गतेसम्मै दुई करोड १४ लाख ४५ हजार १४५ मात्रा खोप लगाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

सरकारले उपलब्ध गराएको खोपको आयात र वितरण भएको तथ्याङ्क हेर्दा नेपालसँग १ करोड ४० लाख २१ हजार ८३५ मात्रा खोप सुरक्षित हुनुपर्ने हो । तर, स्वास्थ्य सेवा विभागको आपूर्ति शाखामा पुस २ गतेसम्म केन्द्र र प्रदेश गरी सरकारसँग १ करोड १ लाख ५० हजार मात्रा खोप बाँकी छ ।

चीन सरकारले कोरोनाबिरुद्ध निकै महत्वपूर्ण रहेको खोप नेपाललाई उपलब्ध गराई मानवता र असल छिमेकीको भूमिका निर्वाह गरेको छ । पटक पटक गरी चीनले नेपाललाई अनुदानको रुपमा ४० लाख मात्रा कोरोना विरुद्धको खोप उपलब्ध गराएको छ । महामारीको समयमा सिंगो विश्वको अर्थतन्त्र डामाडोल भएको अवस्थामा चीनले यत्तिका मात्रामा नेपाललाई विना पैसा खोप उपलब्ध गराउनु चानचुने कुरो होईन । चीन सरकारको यो सहयोगलाई हामी नेपाली जनता कहिल्यै पनि विर्सन सक्दैनौं ।

कोरोनाविरुद्धको खोप लगाउन सुरु भएदेखि अहिलेसम्म नेपालमा दुई करोड १७ लाख ५६ हजार ७६३ मात्रा खोप लगाइसकिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिनुभएको छ ।  उहाँका अनुसार अहिलेसम्म कुल जनसङ्ख्याको ३९.८ प्रतिशतले एक मात्रा र ३१.८ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । जुन लक्षित जनसङ्ख्याको ६०.७ प्रतिशतले खोपको एक मात्रा र ४८.४ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

नेपालमा अहिलेसम्म भेरोसेल, कोभिसिल्ड, जोन्सन एण्ड जोन्सन, एस्ट्राजेनिका, मोडर्ना, फाइजर खोप लगाइएको छ ।

चिनियाँ इन्जिनियरिङ प्रतिष्ठानका सदस्य चुङ नान शानले डिसेम्बर १८ तारिख चिन यु चिकित्सा विद्या परिषदलाई सम्बोधन गर्दै पोहोरको जनवरीमा कोरोना महामारीको शुरुवात अवधिदेखि अहिलेसम्म चीनको महामारीको प्रतिरोध सम्बन्धी अनुभवबारे सिंहावलोकन गर्नुभयो। चीनमा महामारीको प्रतिरोधका लागि दुई वटा प्रभावकारी कदम रहेका भन्दै एउटा “तुरुन्तै महामारीको प्रतिरोध” हो भने अर्को सम्पूर्ण चिनियाँहरुलाई खोप लगाइनु रहेको उहाँले बताउनुभयो।

चुङ नान शानका अनुसार, विगत दुई वर्षदेखि कोरोना महामारीको प्रतिरोध र नियन्त्रण मानव जातिको इतिहासमा विरलै देखिने युद्ध हो। अहिलेसम्म विश्वमा २७ करोड कोरोना संक्रमितहरु भइसकेका छन्। बेलायत र डेनमार्क लगायत मुलुकहरुमा ओमिक्रोन संक्रमितहरुको संख्या बढ्दै आएको छ। कोरोना महामारीबाट ५३ लाख जनाको ज्यान गएको छ। यो मानव जातिका लागि ठूलो प्रकोप हो।

चीनले विश्वलाई १ अर्ब ७० करोड कोरोना विरुद्ध खोप प्रदान गरिसकेको छ र चालु वर्षको अन्त्यमा यो संख्या २ अर्ब पुग्ने छ। चिनियाँ खोपले तेस्रो जगतका मुलुकहरुको मान्यता पाउनुका साथै केही पश्चिमी मुलुकहरुको मान्यता पनि पाएको चुङ नान शानले दाबी गर्नुभएको छ ।

चीन कोरोना भाइरसको संक्रमणबाट नराम्ररी प्रभावित भएको समयमा अमेरिका लगायतका केहि देशहरुले कोरोनाको संक्रमण फैलिन नदिन विश्वमै पहिलो पटक चीनले जारी गरेको लकडाउनलाई मानव अधिकार उल्लंघन हो भन्न समेत पछि परेनन् । चीनले अत्यन्त वुद्धिमतापूर्वक ढंगले लकडाउन जारी गरिरहँदा अमेरिकी सरकारले त्यसलाई खिसि टिउरीको विषय बनायो । तर त्यो नै अमेरिकाका लागि दूर्भाग्य बन्न पुग्यो । स्वास्थ्य मापदण्डको उचित पालना नगर्दा अमेरिकामा लाखौं मानिसहरुको कोरोना संक्रमणबाट ज्यान गयो ।

त्यत्तिमात्र होइन अमेरिकाले बारम्बार विश्वव्यापी कोभिड-१९ भाइरसको स्रोत खोज अध्ययन गर्ने निहुँमा चीनमाथि गिद्धे नजर लगाईरहेको छ । आफ्नो हित र स्वार्थी उद्देश्य प्राप्तिका लागि अमेरिका समेतका केही मुलुकले कोभिड-१९ भाइरस महामारीलाई राजनीतिकरण गरी वैज्ञानिकहरूद्वारा अध्ययन गरिएको परिणामलाई उपेक्षा गरेको वास्तविकता कसैसामु लुकेको छैन ।

विश्वका धेरै मुलुकहरूले कोरोना भाइरस सम्पूर्ण मानव जातिको शत्रु भएका कारण अन्तर्राष्ट्रिय समाजद्वारा साझा प्रयासमार्फत भाइरससँगको लडाईंमा विजय हुनसक्ने कुरा व्यक्त गर्दै भाइरसको स्रोत खोजीका क्रममा अध्ययनमा सहकार्य धेरै महत्वपूर्ण भएको कुरा व्यक्त गरेका छन् । तर उनीहरुले चीनमाथि बारम्बार भाइरस उत्पत्तीको सन्दर्भमा लगाईएका मनगढन्ते आरोपहरुको खण्डन पनि गरेका छन् ।

अमेरिकाले बारम्बार चीनले प्रयोगशालाको नियम उल्लंघन गरिएको कुराबाट भाइरस उहान शहरबाट चुहिएको भनाईलाई अनुसन्धानको मुख्य विषय बनाउनु पर्नेमा जोड दिदै आएको छ । तर चीनको तिब्र विकास र नागरिकहरुको सुखमय जीवनबाट अतालिएको अमेरिकाले विश्वव्यापी रुपमा आफ्नो घट्दै गएको प्रभाव र दवदवाको अन्त हुने हो कि भन्ने चिन्ताले ग्रस्त बनाएपछिको परिणाम हो भन्नेहरुको संख्या पनि निक्कै ठूलो छ ।

निचोडमा के भन्न सकिन्छ भने, चीनले कोरोना भाइरस विरुद्धको खोपको निष्पक्ष वितरणका लागि संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषदमा आह्वान गरेको छ । सेप्टेम्बर २८ तारिखका दिन संयुक्त राष्ट्र संघको जेनेभा कार्यालयस्थित चिनियाँ प्रतिनिधि छन स्यूले संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषदको ४८औं सम्मेलनअन्तर्गत “कोरोना भाइरस महामारीबाट तीब्र भएको असमानता” शीर्षकको गोष्ठीमा रुस, दक्षिण अफ्रिका, पाकिस्तान, इजिप्ट, मेक्सिको, डन्डोनेशियालगायत तीसवटा विकासोन्मुख मुलुकको तर्फबाट सम्बोधन गर्दै विश्वको खोपको निष्पक्ष वितरणका लागि आह्वान गर्नुभएको छ।

महामारीलाई पराजित गर्ने सर्वोत्तम् उपकरण खोप भएको भन्दै चीनले खोप विश्वको सार्वजनिक वस्तु बन्नुपर्ने तर हाल विश्वमा खोपको असमान वितरण भइरहेको बताएको छ । विकासोन्मुख मुलुकहरूले विश्वको खोपको निष्पक्ष वितरणसम्बन्धी संयुक्त राष्ट्र संघको आह्वानको समर्थन दिएको भन्दै चीनले सबै मुलुकहरूसँग सर्वसाधारणको जीवन अधिकार र स्वास्थ्य अधिकारलाई पहिलो स्थानमा राख्न पनि आह्वान गरेको छ ।

अन्तर्राष्ट्रिय समाजले एकता र सहयोगको भावनामा विकासोन्मुख मुलुकलाई मद्दत दिनुपर्ने कुरामा चीनले जोड दिदै आएको छ। क्षमतावान मुलुकहरूसँग अन्तर्राष्ट्रिय विकास सहकार्यमा संलग्न हुन, विकासोन्मुख मुलुकहरूलाई दिगो विकासमा मद्दत दिन, महामारीबाट अर्थतन्त्र र समाजमा पर्ने असरलाई प्रभावकारी रुपमा शिथिल पार्न पनि चिनियाँ नेताहरुले बारम्बार अपिल गरिरहनु भएको छ ।

हामी के आशा अनि विश्वास गर्न सक्छौ भने कोरोना महामारी जस्ता विश्वलाई नै त्राही त्राही बनाउने संक्रमण र आउँदा दिनहरुमा मानविय संकट निम्त्याउन सक्ने कस्तै विपत्तिहरुसँग लडेर मानवजातिको जीवन रक्षा गर्ने कार्यमा चीन र चीन सरकार पछि पर्ने छैनन् । बरु अझ वैज्ञानिक योजना र विवेकको प्रयोग गर्दै चीन अघिबढिरहेछ र विश्वसँग हातेमालो गरिरहने छ ।

Facebook Comments