Mon. Dec 23rd, 2024

माओवादी केन्द्रले पुष ११ देखि १३ गतेसम्म हुने राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधिको टुंगो लगायो

काठमाण्डौं, २०७८ पुस ९ गते शुक्रबार । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले पुष ११ देखि १३ गतेसम्म हुन गइरहेको प्रथम राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि टुंग्याएको छ । माओवादी केन्द्रका पार्टी प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रिय सम्मेलनका लागि नियमित प्रक्रियाबाट आउने एक हजार चार सय ८३ जना प्रतिनिधि टुंग्याउने निर्णय भएको बताउनुभयो । जसमा आयोजक, ज्येष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकारहरु सबै रहनुहुने जनाइएको छ ।

यसैगरी, यसअघि ५ प्रतिशत प्रतिनिधि मनोनित गर्ने बताइए पनि पार्टी एकताको प्रक्रियामा आउने संखया पनि जोडेर दश प्रतिशत प्रतिनिधि मनोनयन गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । यो मनोनय गर्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको पनि उहाँ बताउनुहुन्छ ।

माओवादी केन्द्रको बैठकमा पार्टी अध्यक्ष प्रचण्डले प्रथम राष्ट्रिय सम्मेलनका लागि राजनीतिक प्रतिवेदन पेश गर्नुभएपनि यसमाथि भने थप छलफल र अध्ययन हुने बताइएको छ । यसका लागि स्थायी कमिटीको बैठक भोलि शनिबार अपरान्ह १ बजे पुनः बस्ने जनाइएको छ ।

Facebook Comments