Mon. May 20th, 2024

बंगलादेशमा तीनतले डुङ्गामा आगलागी, कैयौँको मृत्यु

काठमाण्डौं, २०७८ पुस ९ गते शुक्रबार । बंगलादेशमा एउटा यात्रुवाहक डुङ्गामा आगलागी हुँदा कम्तीमा ३६ जनाको ज्यान गएको छ। त्यहाँको सुगन्धा नदीमा उक्त घटना भएको हो। घटना भएको झालकोटी जिल्लाका अतिरिक्त प्रहरी उपरीक्षक मोइनुल हकले अहिलेसम्म कम्तीमा ३६ वटा शव फेला पारिएको बीबीसीलाई बताउनु भयो ।
डुङ्गामा आगो लाग्दा कैयौँ यात्री नदीमा हाम फालेको अधिकारीहरूले बताएका छन्।

“मृतकको सङ्ख्या बढ्न सक्ने ठानिएको छ। धेरैजसोको मृत्यु आगोले जलेर भएको छ भने केही आगलागी भयो भनेर पानीमा हामफाल्दा डुबेर मरेका छन्।” अधिकारीहरूका अनुसार मृतकको सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको छ। एमभी अभियान नामक डुङ्गा गएराति ढाकाबाट बर्गुनाका लागि रमाना भएको थियो। बीबीसी

Facebook Comments