Thu. May 2nd, 2024

बुस्टर खोप पुसको अन्तिमदेखि लगाउने सरकारको तयारी

काठमाण्डौं, २०७८ पुस ७ गते बुधबार । स्वास्थ्य मन्त्री खतिवडाले १८ वर्षमाथिका उमेर समूहलाई सरकारले कोभिसिल्ड र भेरोसेल खोप र १२ देखि १७ वर्षसम्मका उमेर समूहलाई मोर्डना र फाइजर खोप लगाइरहेको बताउनुभयो ।

मोर्डना र फाइजर खोप यही पुस ४ गतेदेखि विभिन्न विद्यालयलाई खोप केन्द्र बनाई विद्यार्थीसहित विद्यालय वरिपरि भएका किशोर किशोरीलाई समेत लगाउने व्यवस्था गरिएको मन्त्री खतिवडाले जानकारी दिनुभयो ।

कोरोना भाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनबाट बच्न दक्षिण अफ्रिकासहित ९ वटा देशमा हवाई उडान रोक लगाइएको, त्यसबिचमा ट्रान्जिटमा रहेकालाई ७ दिनसम्म क्वारेनटाइनमा राखिएको, स्थल मार्गबाट आउने लाई विभिन्न ठाउँमा हेल्थ चेक गर्ने कार्य जारी रहेको समेत मन्त्री खतिवडाले बताउनुभयो ।

मन्त्री खतिवडाले खुला बोर्डरबाट आवतजावत गर्दा पिसिआर रिपोर्ट वा खोप लगाएको कार्ड बोकेर मात्र हिड्डुल गर्न सर्वसाधारणलाई अनुरोध पनि गर्नुभयो ।

Facebook Comments