Fri. May 3rd, 2024

तिब्र गतिमा फैलिरहेको नयाँ ओमिक्रोन भेरिअन्टसँग जुझ्न अमेरिकाद्वारा

काठमाण्डौं, २०७८ पुस ७ गते बुधबार । अमेरिकी राष्ट्रपति जो बाइडनले ओमिक्रोन भेरिअन्टको फैलावटसँग जुझ्नका लागि ५० करोड र्‍यापिड परीक्षण कीट निःशुल्क उपलब्ध गराउन लागिएको जानकारी दिनुभएको छ ।

मङ्गलवार गरिएको सम्बोधनका क्रममा उहाँले परीक्षण तीव्र बनाइने अनि अस्पतालहरूमा सेनाले सहयोग गर्ने बताउनु भयो। लकडाउनबारे भने अहिले नै नसोचिएको उहाँले बताउनु भएको छ । “यो सन् २०२०को मार्च महिना होइन,” उहाँले भन्नुभयो। “हामी तयार छौँ। हामीलाई बढी थाहा छ।”

हाल अमेरिकामा ओमिक्रोन भेरिअन्टको दबदबा छ। पुष्टि भएका नयाँ सङ्क्रमितमध्ये झन्डै दुई तिहाइमा यो भेरिअन्ट पाइएको छ। सुरुमा दक्षिण अफ्रिकामा पहिचान भएको ओमिक्रोन भेरिअन्ट हाल विश्वव्यापी रूपमा फैलिएको छ। अमेरिकामा ओमिक्रोनका कारण हालसम्म एक जनाको मृत्यु भएको बताइएको छ। बीबीसी

Facebook Comments