Sat. Sep 28th, 2024

चीनको आन्तरिक मामिलामा हस्तक्षेप र हङकङलाई ध्वस्त गर्ने कुनै पनि प्रयास सफल नहुने चीनको दावी

काठमाण्डौं, २०७८ पुस ७ गते बुधबार । चीनको राज्य परिषद अन्तर्गत सूचना कार्यालयले २० तारिख बिहान “एक देश दुई व्यवस्था अन्तर्गत हङकङमा प्रजातान्त्रिक विकास” सम्बन्धी श्वेतपत्र प्रकाशित गरेको छ। सम्बन्धित प्रश्नको जवाफ दिँदै चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली च्येनले “एक देश दुई प्रणाली अन्तर्गत हङकङको प्रजातान्त्रिक विकास” श्वेतपत्र हङकङको प्रजातान्त्रिक विकासको महत्वपूर्ण दस्तावेज भएको र यो हङकङ र प्रजातन्त्रको ख्याल राख्ने सबैले ध्यानपूर्वक पढ्न लायक रहेको कुरा बताउनु भएको छ ।

प्रवक्ता चाउले भन्नुभयो, ‘सबैलाई थाहा छ, हङकङमा बेलायती औपनिवेशिक शासनमा १५० वर्षभन्दा बढी समयसम्म प्रजातन्त्र थिएन। हङकङ मातृभूमिमा फर्किएपछि मात्र प्रजातन्त्रको युग सुरु भएको हो।’

प्रवक्ता चाउले हङकङ विशेष प्रशासनिक क्षेत्रमा प्रजातन्त्र कसरी विकास हुन्छ भन्ने कुरा चीनको आन्तरिक मामिला भएको बताउनुभयो। चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र प्रजातन्त्रको झण्डामुनि हङकङलाई ध्वस्त गर्ने कुनै पनि प्रयास सफल नहुने पनि बताउनुभयो। सीएमजी

Facebook Comments