Fri. May 17th, 2024

नेपाली कांग्रेसको महाधिवेशन-केन्द्रीय सदस्य (खुला महिलातर्फ) ९ जना निर्वाचित

काठमाण्डौं, २०७८ पुस ६ गते मंगलबार । नेपाली काँग्रेसको हालै सम्पन्न महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला महिलातर्फ) मतगणना सकिएको छ । सोमबार साँझ सकिएको मतगणनामा महिला खुलातर्फ ९ जना केन्द्रीय सदस्य निर्वाचित हुनुभएको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले निर्वाचित हुनुहुनेमा डा.डिला पन्त संग्रौलाले २८ सय २५, पुष्पा भुसालले २७ सय १८ र डा. आरजु राणा देउवाले २५ सय ३५ मत प्राप्त गर्नुभएको जानकारी दिनुभयो ।

यसैगरी अम्बिका बस्नेतले २३ सय ३९, ईश्वरी न्यौपानेले २२ सय ५९, सरिता प्रसाईंले दुई हजार ९६, रमा कोइरलाले १८ सय ५८, सुशीला ढकालले १८ सय १४ र रंगमती शाहीले १७ सय ८९ मत प्राप्त गर्नुभएको उहाँले बताउनुभयो । सचिव रिजालले अहिले मुस्लिम, थारु, मधेशी, प्रदेश १ र बागमती प्रदेशको मतगणना भइरहेको जानकारी दिनुभयो । मंगलबार खस आय, आदिवासी जनजातीको मतगणना हुने उहाँले बताउनुभयो । त्यसपछि गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको मतगणना हुने छ । मतगणना सकिन अझै दुई वा तीन दिन लाग्ने रिजाल बताउनुहुन्छ ।

Facebook Comments