Fri. May 3rd, 2024

भारत र चीनबाट आज ३० लाख ७२ हजारभन्दा बढी खोप आईपुग्यो

काठमाण्डौं, २०७८ पुस ५ गते सोमबार । भारत र चीनबाट आज कोरोना भाइरस विरुद्धको ३० लाख ७२ हजारभन्दा बढी डोज खोप नेपाल आईपुगेको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन महाशाखाका अनुसार आज दिउँसो कोभिसिल्ड र भेरोसोल गरी ३० लाख ७२ हजार ३ सय ८७ डोज खोप काठमाडौं आइपुगेको हो ।

भारतबाट १८ लाख ७० हजार पाँच सय डोज कोभिसिल्ड र चीनबाट १२ लाख १ हजार ८८७ डोज भेरोसेल खोप नेपाल आइपुगेको महाशाखाका प्रमुख डा। चौरसियाले जानकारी दिनुभयो ।

सरकारले कोभिसिल्ड कोभ्याक्स सुविधाअन्तर्गत र भेरोसेल खोप एशियाली विकास बैंकको ऋण सहयोगमा चीनबाट खरिद गरेको हो ।

आज बिहान काठमाण्डौको मौसम खराब भएको कारण जहाज अवतरण गर्न नसकेपछि चीनबाट ल्याइएको भेरोसेल खोप फिर्ता भएको थियो । तर, दिउँसो ३ बजे उक्त खोप पुनः आएको चौरसियाले जानकारी दिनुभयो ।

नेपालमा ३ करोड ५४ लाख ६६ हजार ९ सय ८० मात्रा खोप आएकामा अहिलेसम्म २ करोड १७ लाख ५६ हजार ७ सय ६३ मात्रा खोप लगाइसकिएको छ ।

कुल जनसङ्ख्याको ३९.८ प्रतिशतले एक मात्रा र ३१ .८ प्रतिशले पूर्ण मात्रा खोप लगाएका छन् ।

Facebook Comments