Sat. Sep 28th, 2024

राष्ट्रपति भण्डारीद्वारा उधौली पर्वको उपलक्ष्यमा शुभकामना

काठमाण्डौं, २०७८ पुस ४ गते आईतबार । राष्ट्रपति विद्यादेवी भण्डारीले उधौली पर्वको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुका लागि हार्दिक शुभकामना दिनु भएको छ ।

उहाँले उधौली पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्दै मानव जातिको अस्तित्वको निरन्तरताका लागि प्रकृति र वातावरणको संरक्षण अपरिहार्य रहेको बताउनु भएको छ ।

Facebook Comments