Mon. Dec 23rd, 2024

नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत उपसभापतिको मतगणना सुरु

काठमाण्डौं, २०७८ मंसिर २८ गते मंगलबार । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको मतगणना सुरु भएको छ । सोमबार भएको मतदानको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो ।

निर्वाचन समिति सदस्य एवम् अधिवक्ता केशव रिजालका अनुसार साढे ४ बजे सुरु हुने भनिएको मतगणना केही ढिला गरेर भर्खरै सुरु भएको हो ।

पार्टी सभापतिका लागि दोस्रो चरणमा भएको मतदानबाट शेरबहादुर देउवा निर्वाचित भइसक्नुभएको छ । पार्टी सभापतिमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत पाउन नसकेपछि मङ्गलबार बढी मत पाउने शेरबहादुर देउवा र डा। शेखरप्रसाद कोइरालाबीच दोस्रो चरणको मतदान भएको थियो । दोस्रो चरणको मतदानमा देउवा सभापति निर्वाचित हुनुभएको छ ।

सभापतिको मतपरिणाम सार्वजनिक भए पनि पदाधिकारी एवं केन्द्रीय सदस्यको मतगणना बाँकी छ । निर्वाचन समिति सदस्य रिजालका अनुसार करिब चार घण्टापछि उपसभापतिका उम्मेदवारको मत परिणाम सार्वजनिक हुनेछ ।

कांग्रेसको १४ औँ महाधिवेशनमा उपसभापतिमा विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, सुजाता कोइराला, धनराज गुरुङ, चन्द्र भण्डारी, महेश आचार्य र दिव्येश्वरी शाहले उम्मेदवारी दिनुभएको छ । पार्टी विधान अनुसार दुई जना उपसभापति महाधिवेशनबाट निर्वाचित हुनुहुनेछ ।

Facebook Comments