Fri. May 3rd, 2024

चीन अटलताका साथ शान्तिपूर्ण विकासको बाटोमा लागिरहने छ: सी चिनफिङ

काठमाडौं, २०७६ पुष १७ गते बिहीबार ।

चीनका राष्ट्रपति सी चिनफिङले चीन अटलताका साथ शान्तिपूर्ण विकासको बाटोमा लागिरहने बताउनु भएको छ । नयाँ वर्ष सन् २०२० को अवसरमा चाइना मिडिया ग्रुप र इन्टरनेटमार्फत शुभकामना व्यक्त गर्नुहुँदै राष्ट्रपति सीले विश्व शान्तिको दृढताका साथ संरक्षण गरिरहने र संयुक्त विकासलाई अघि बढाइरहने पनि बताउनु भएको छ । राष्ट्रपति सी चिनफिङले दिनुभएको शुभकामना सन्देशको पूर्ण बिवरण यस प्रकार रहेको छ ।

कमरेडहरु, साथीहरु, महिला तथा सज्जनवृन्द:

सन् २०२० प्रारम्भ हुन लागेको छ। चीनको राजधानी पैचिङबाट म तपाईंहरुलाई नव वर्षको मंगलमय शुभकामना व्यक्त गर्दछु।

सन् २०१९ मा हामीले धेरै मेहनत गरी फड्को मार्ने प्रगति हासिल गरी अघि बढेका छौँ। गुणस्तरीय विकास स्थिरताका साथ अघि बढेको छ, चीनको कूल गार्हस्थ उत्पादन मात्रा एक हजार खर्ब चिनियाँ युआन पुग्ने अनुमान छ साथै प्रतिव्यक्ति सरदर गार्हस्थ उत्पादन मात्रा दश हजार अमेरिकी डलर पुग्नेछ। तीनवटा अप्ठ्यारो महाकाममा निर्णायक प्रगति हासिल भएको छ। पैचिङ, थेन चिन र ह पैको एकीकृत विकास, याङ सी नदी क्षेत्रको आर्थिक क्षेत्रको विकास, क्वाङ तुङ, हङकङ र मकाउ बीचको विशाल खाडी क्षेत्रको निर्माण, याङ सी नदी त्रिकोण क्षेत्रको एकीकृत विकासमा तीब्र गतिले हुनुका साथै ह्वाङ ह अर्थात पहेंलो नदी क्षेत्रको पर्यावरणको संरक्षण तथा त्यसको गुणस्तरीय विकास राष्ट्रिय रणनीति बनेको छ।

चीनका करिब ३४० वटा विपन्न जिल्ला गरिब अवस्थाबाट मुक्त भएका छन् भने एक करोड भन्दा बढी व्यक्ति गरिब अवस्थाबाट उकासिएका छन्। छाङ अ चार नम्बर को डिटेक्टरले मानवको इतिहासमा पहिलो पटक चन्द्रको पछाडि अवतरण गरेको छ। लङमार्च पाँच नम्बरको क्यारियर रकेटको सफलताका साथ प्रक्षेपण गरिएको छ। हिम ड्रागन दुई नम्बरको वरफ फोड्ने प्रविधियुक्त जहाजले पहिलो पटक दक्षिणी ध्रुवको यात्रा गरेको छ। पैतौ नेभिगेटरको विश्वव्यापी सञ्जालको निर्माण निर्णायक अवधिमा प्रवेश भएको छ। फाइभ जीको व्यापारिक उपयोगका लागि गतिशीलताका साथ निर्माण भएको छ। पैचिङको ता सिङ अन्तर्राष्ट्रिय विमानस्थलको रुप फिनिक्स जस्तै छ। यी उपलव्धिहरु नयाँ युगमा चिनियाँहरुको अथक प्रयाससँग घनिष्ट सम्बन्ध रहेका छन्। जसले उत्कृष्ट चिनियाँ छवि तथा चिनियाँ शक्ति अभिव्यक्त गरेको छ।

बिगत एक वर्षमा सुधार तथा खुलापनले निरन्तर रुपमा विकासको प्रेरक शक्ति जन्माएको छ। चिनियाँ कम्युनिष्ट पार्टी तथा राष्ट्रका संस्थाहरुको सुधार सफलताका साथ सम्पन्न भएको छ। एक चरणको स्वतन्त्र व्यापार क्षेत्रको परीक्षण क्षेत्र तथा शाङहाई स्वतन्त्र व्यापार क्षेत्रको परीक्षण क्षेत्रको नयाँ क्षेत्र थपिएको छ। शेयर बजारमा विज्ञान तथा प्रविधिको आविश्कार सम्बन्धी सूचि सुचारु रुपमा शुरु भएको छ। कर घटाइने कूल रकम २० खर्ब चिनियाँ युआन भन्दा बढी पुगेको छ। व्यक्तिगत आयमाथि उठाइने करको न्युनतम विन्दु बढेको छ। सर्वसाधारणका लागि प्रचलित धेरै औषधिको मूल्य घटेको छ। सञ्जालको गति छिटो हुनुका साथै त्यसको खर्च घटेको छ। फोहोरलाई विभिन्न प्रकारमा विभाजन गरिएको कुरा कम कार्बनयुक्त नयाँ चलन बनेको छ। “आधारभूत निकायहरुको झण्झटलाई घटाइएको कुराले” आधारभूत निकायमा कार्यरत कर्मचारीहरुलाई हलुका बनाएको छ। चीनको जताततै नयाँ परिवर्तन तथा नयाँ छवि देखिन्छ।

बिगत एक वर्षमा राष्ट्रिय प्रतिरक्षा तथा सेनाको सुधार स्थिरताका साथ अघि बढेको छ भने जनमुक्ति सेनाले नयाँ युगमा शक्तिशाली सेनाको छविको प्रदर्शन गरेको छ। हामीले राष्ट्रिय दिवसमा भव्य सैन्य परेडको आयोजना गरेर नौ सेना र वायु सेनाको स्थापनाको सत्तरीऔं वार्षिकोत्सवका उपलक्ष्यमा कार्यक्रमको आयोजना गर्‍यौँ। सातौं विश्व सैनिक खेलकुदको पनि आयोजना गरेका छौँ। चीनबाट उत्पादित पहिलो विमानवाहक जहाज औपचारिक रुपमा संचालनमा आएको छ। जनमुक्ति सेना मातृभूमिको रक्षा गर्ने स्थायी बलियो ग्रेटवाल हो। राष्ट्रको रक्षक बफादारी सैनिकहरुको सलाम गरौँ।

सन् २०१९ मा सबैभन्दा बढी सम्झना भएको कुरा जन गणतन्त्र चीन स्थापनाको सत्तरीऔं वर्ष भव्यताका साथ मनाइएको हो। हामीले नयाँ चीनको ७० वर्षमा हासिल भएको उत्कृष्ट उपलव्धिका लागि ताली बजाउनुका साथै देशभक्तबाट निस्केको शक्तिप्रति हामी प्रभावित छौँ। सैन्य परेडको वर्गाकारहरु समूह शानदार रहेका छन् भने सर्वसाधारणको प्रदर्शन उत्साहित भएका छन्। थेन आन मन चोक खुसीयाली समुद्र बनेको छ। चिनियाँहरुले रातो रङगको भव्य पोशोक पहिरेका छन् भने चिनियाँहरुको अनुहारमा आत्मगौरवको मुस्कान देखिएको छ। “म र मेरो मातृभूमि” शीर्षकको गीत चीनको जताततै सुन्न पाइन्छ। देशप्रेमी भावनाबाट हाम्रो आँखामा आँसु भरिएको छ भने देशप्रेमी भावनाले चिनियाँ राष्ट्रको मेरुदण्ड बनेको छ। तिनीहरुले नयाँ चीनको सम्मान गर्ने तथा नयाँ युगका लागि प्रयास गर्दै अघि बढ्ने प्रवाह बनाउनुका साथै हामीलाई विशाल शक्ति दिएका छन्।

गएको वर्षमा मैले धेरै ठाउँ घुमेको छु। श्युङ आन नयाँ क्षेत्रको परिकल्पना चित्र जस्तै फैलिएको छ, थेन चिन बन्दरगाह उत्थान भएको छ, पैचिङ शहरको उप केन्द्र जीवन्त शक्ति भरिएको छ, भित्री मंगोलियाको घाँसे मैदान शानदार एवं सुन्दर छ, हजारौँ वर्ष पूरानो ह सी कोरिडर अझ नयाँ देखिन्छ, पहेँलो नदी निकै शानदार छ, ह्वाङ फु नदीका दुई किनारामा प्रशस्त स्रोत छन् भने त्यहाँका बासिन्दाहरुको आम्दानी पनि सन्तोषजनक छ। चीनका विभिन्न ठाउँहरुमा समृद्ध दृश्य देखिन्छ। चीनको क्रान्तिको प्रक्रिया बमोजिम घुमेर मैले प्रारम्भिक इच्छा प्राप्त गरेको छु। मैले च्याङ सी प्रान्तको यु तुमा रहेको लाल सेना लङमार्चको शुरुवात विन्दुदेखि ह नान प्रान्तको सिन जिल्लाको हु पै, ह नान ,आन ह्वैको सोभियत क्षेत्रमा रहेको राजधानी क्रान्तिकारी संग्रहालयसम्म घुमेको, कान सु प्रान्तको काउ थाई सी स्थल सेनाको सम्झना स्मारकदेखि पैचिङको श्याङ शान पहाडको क्रान्तिकारी स्मृति स्थलसम्म घुमेको छु। हरेक ठाउँबाट म प्रभावित भएँ। प्रारम्भिक इच्छा तथा जिम्मेवारी नयाँ युगमा लङमार्चको यात्रा राम्रोसँग गर्नका लागि अथक प्रेरक शक्ति हुन्।

म पहिले जस्तै छु, व्यस्तताको बुवजुदमा होस् मैले साधारण चिनियाँहरुकहाँ भ्रमण गरेको छु। उनीहरुले मसँग हृदयदेखिका धेरै कुराहरु बोलेको मैले सम्झना गरेको छु। युन नान प्रान्तको कुङ शान पहाडमा बसोबास गर्ने तु लुङ जातिका सर्वसाधारण, फु चेन प्रान्तको शौ निङ जिल्लाको श्या ताङ टाउन्सिपका साथीहरु, “वाङ चे कक्षा”का सम्पूर्ण सिपाहीहरु, पैचिङ खेलकुद विश्वविद्यालयको मास्टर डिग्रीमा अध्ययनरत च्याम्पिएन कक्षाका विद्यार्थीहरु, मकाउका बालबालिका तथा स्वयंसेवक मजदूरबृद्धले मलाई चिठी पठाएका थिए। उनीहरुलाई पठाएको जवाफी चिठीमा मैले उनीहरुबाट प्राप्त उपलव्धिको प्रशंसा गर्नुका साथै हार्दिक अभिवादन व्यक्त गरेको छु।

बिगत एक वर्षमा धेरै व्यक्ति तथा कुराहरुबाट हामी प्रभावित भएका छौँ। आफ्नो स्वार्थ त्यागेर देशप्रेमको भावना लिएका चाङ फु छिङ, युवाकाल तथा आफ्नो प्राणलाई गरिबी निवारण कार्यमा राखेका ह्वाङ वन श्यु, आगलागीको उद्धारका लागि निधन भएका स छ्वान प्रान्तको मू लीका ३१ जना बहादुर, आफ्नो शरिरबाट सहसैनिकको संरक्षण गरेका तु फु को, विश्व भलिबल कपमा एघार पटक विजय गरी च्याम्पिएन प्राप्त गरेका चिनियाँ महिला भलिबल टोली। कुनै गुनासो नगरेका धेरै सामान्य व्यक्तिहरुले असामान्य जीवन सिर्जना गरेका छन्।

सन् २०१९ मा चीनले निरन्तर रुपमा हात खोलेर विश्व अँगालेको छ। हामीले दोस्रो “बेल्ट एण्ड रोड”अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलन, पैचिङ अन्तर्राष्ट्रिय बागवानी मेला, एसियाली सभ्यता संवाद सम्मेलन, दोस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोको आयोजना गरेका छौँ। जसले विश्वलाई एउटा सभ्य, खुला तथा सहनशील चीन देखाएको छ। मैले धेरै मुलुकहरुका राष्ट्रनायक तथा सरकारी प्रमुखहरुसँग भेट वार्ता गरी चीनको अडानबारे जानकारी दिएर आपसी मित्रतालाई बढाउनुका साथै सहमतिलाई अरु गहन पारेको छु। विश्वका केही मुलुकहरुले चीनसँग दौत्य सम्बन्ध स्थापना गरेका छन्। चीनसँग दौत्य सम्बन्ध स्थापित भएका मुलुकहरुको संख्या १८० पुगिसकेको छ। हाम्रा साथीहरु विश्वभरि रहेका छन्।

सन् २०२० कोसे ढुंगा रहेर अर्थपूर्ण वर्ष हुनेछ। हामीले चौतर्फी रुपमा सम्पन्न समाजको निर्माण पूरा गर्नुका साथै पहिलो सय वर्षको कोशिशको लक्ष्य पूरा गर्ने छौँ। सन् २०२० गरिबी निवारणका लागि एउटा निर्णायक वर्ष पनि हो। हामीले एकिकृत भएर कोशिश गर्नुपर्छ। अरु कठिन जिम्मेवारीको सामना गर्दा हामी अझ अघि बढ्नुपर्छ। आफ्ना त्रुटि सच्याउँदै अगाडि बढ्नुपर्छ र आफ्नो आधारलाई अरु दरिलो बनाउनुपर्छ। गरिबी निवारण सम्बन्धी युद्धमा हामीले विजय हासिल गर्नुपर्छ। वर्तमान मापदण्डमा ग्रामिण क्षेत्रमा रहेका सम्पूर्ण गरिब जनसंख्या गरिबी अवस्थाबाट मुक्त हुने र अति गरिब जिल्लाको नामलाई समयमै नामेट पार्नुपर्छ।

केही दिनअघि मकाउ मातृभूमिमा समाहित भएको २० औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा म सहभागी भएँ। मकाउको समृद्धि तथा स्थिरताप्रति मलाई खुसी लागेको छ। मकाउको सफल व्यवहारबाट “एक देश दुई व्यवस्था” पूर्ण रुपमा व्यावहारिक र लाभान्वित रहेको प्रमाणित छ। बिगत केही महिनादेखि हङकङको परिस्थितिले हाम्रो ध्यानाकर्षण गरेको छ। मेलमिलाप तथा स्थिर वातावरण नभएमा सुखी र आनन्ददायी घरबार कसरी हुन सक्छ? हङकङ तथा हङकङबासीहरु राम्रो हुन सकुन् भन्ने मेरो हार्दिक आशा छ। हङकङको समृद्धि तथा स्थिरता हङकङबासीहरुको आशा हुनुका साथै मातृभूमिका जनताको अपेक्षा पनि हो।

इतिहास एउटा लामो नदी जस्तै हो। त्यसमा नरम हावा चल्नुका साथै ठूलो लहर पनि बेगिन्छ। हामीले साहस लिएर हावा पानीको सामना गर्नुका साथै कठिनाइप्रति पनि डराउनु हुँदैन। चीनले अटलताका साथ शान्तिपूर्ण विकासको बाटोमा लागिरहने,विश्व शान्तिको दृढताकास साथ संरक्षण गरिरहने र संयुक्त विकासलाई अघि बढाइरहने छ। विश्वका जनतासँगै हातमा हात मिलाएर “बेल्ट एण्ड रोड” को सक्रियताका साथ निर्माण गर्ने,मानवको हितलाई लक्षित समुदायको निर्माण गर्ने,मानव जातिको उज्यालो भविश्यका लागि हामीले अथक प्रयास गर्नेछौँ।

यस बेलामा धेरै व्यक्तिहरु आफ्नो काममा व्यस्त छन्। धेरै व्यक्तिहरुले सुरक्षाको संरक्षण गरिरहेका छन् र धेरै व्यक्तिहरुले मेहनतका साथ श्रम गरिरहेका छन्। तपाईंहरुलाई धेरै धन्यवाद।

सुनौलो अवसर छोपेर सन् २०२० को स्वागत गरौँ।

तपाईंहरु सबैलाई नव वर्षको शुभकामना।

(चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीआरआईबाट)

Facebook Comments